सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा संचालन गर्नेगरी सबै प्रदेश खेलकुद परिषद्ले ऐकेवद्धता जनाएका छन् ।
२०८१ सालमा कर्णालीमा आयोजना गरिन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको अवस्था बुझ्न कर्णालीमा आएका प्रदेश खेलकुद परिषदका सदस्य सचिवहरुले आज सुर्खेत वीरेन्द्रनगरमा पत्रकार सम्मेलन तोकिएकै समयमा प्रतियोगिता संचालन गर्न ऐकेवद्धता जनाएका हुन् ।
तोकिएकै समय २०८१ मंसिर २ गतेदेखि नै प्रतियोगिता संचालनका लागि आवश्यक तयारी गर्न संघिय सरकार युवा तथा खेलकुद मन्त्रालय र राखेपलाई उनिहरुले ध्यानाकर्षण गराएका छन ।
कोशी प्रदेश खेलकुद परिषदका सदस्य सचिव हंशराज अधिकारीले संघियताको मर्मअनुसार प्रदेश खेलकुद विकास परिषदलाई जिम्मेवार बनाउनेगरी आवश्यक कानुन संशोधन गर्न आग्रह गर्दै राष्ट्रिय स्तरको प्रतियोगिताहरुको सम्पूर्ण जिम्मेवारी प्रदेशलाई दिइनुपर्ने माग गर्नुभयो ।
उहाले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि चालु आर्थिक बर्षमा संघिय सरकारले चालु आर्थिक बर्षको बजेटमा प्राथमिकता नदिएको बताउँदै कर्णाली प्रदेश सरकारसँग समन्वय गरि आवश्यक बजेट व्यवस्थापन गरिदिन आग्रह गर्नुभयो ।
वागमती प्रदेश सदस्य सचिव सुर्य भण्डारीले कर्णाली पनि राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता आयोजना गर्न सक्षम भएको भन्दै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाइने अधिकांस खेल अहिले बनिरहेको सुर्खेत रगंशालामा गर्न सकिने बताउनुभयो ।
कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव विश्वमित्र सञ्ज्यालले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ६० प्रतिशत भौतिक प्रगती भएको जानकारी दिनुभयो ।
यसैबिच, कर्णाली प्रदेश सरकारले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा देखाएको चासो र चालु आर्थिक बर्षमा छुट्याएको बजेटप्रति सदस्य सचिवहरुले धन्यवाद दिएका छन् । प्रतियोगिताको तयारी र भौतिक अवस्थाबारे बुझ्न कोशी प्रदेशका सदस्य सचिव अधिकारीसहित सुदुर पश्चिम प्रदेश खेलकुद परिषद सदस्य सचिव, लुम्बिनी प्रदेश सदस्य सचिव, वागमती प्रदेश खेलकुद परिषद सदस्य सचिव कर्णालीमा आएका थिए ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताः व्यवस्थापकीय जिम्मेवारी प्रदेश खेलकुद परिषदलाई दिन माग
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताः व्यवस्थापकीय जिम्मेवारी प्रदेश खेलकुद परिषदलाई दिन माग

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु