सुर्खेत । मिटर व्याज पिडितहरुले आफुहरुको माग सम्बोधन नभएको भन्दै आज जिल्ला प्रशासन कार्यालय सुर्खेतमा धर्ना दिएका छन् ।
मिटर व्याजले आफुहरुको उठिबास लाग्न थालेको भन्दै उनिहरुले आफुहरुलाई न्याय दिन माग गर्दै धर्ना दिएका हुन् ।
मिटर व्याजी पिडितहरुले आफुहरुले न्याय नपाए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
सुर्खेतका मिटर व्याजी पिडित कृष्णा शाहीले २ लाख रुपैयाँ ऋण लिनुभयो । उहाले ९० हजार फिर्ता गरिसक्दा पनि अहिले ९ लाख रकम साहुले मागिरहेको बताउनुभयो ।
आफुले तिनुपर्ने रकम एक लाख १० हजार भएपनि साहुले ९ लाख लिनुपर्ने भनि उल्टै प्रहरीमा उजुरी दिएको बताउनुभयो ।
अर्का पिडित मिना पाण्डेले आफुले थोरै मात्र ऋण ल्याएको तर मिटर व्याजीले खालि चेक मागेर धेरै रकम हालेर बाउन्स गरि पिडित बनाएको भन्दै न्याय दिन माग गर्नुभयो ।
उहाले आफुहरु अन्यायमा परेको भन्दै राज्यले पिडितलाई मलम लगाउन प्रयास गरेको भएपनि त्यो पत्याप्त हुन नसकेको बताउनुभयो ।
सुर्खेतकै रेणुका शाहीले पनि आफुले एक लाख रकम ऋण लिएको तर ऋण दिने व्यक्तीले जबरजस्ती १० लाख रकम दिएको भनि दाबी गरिरहेको भन्दै पिडित भएको बताउनुभयो ।
लेख्न नजान्ने आफ्नो आमालाई कागज बनाएर एक रुपैयाँ नलिएको भएपनि १० लाख तिर्ने बनाइएको सुर्खेतकै अर्का पिडितले गुनासो गर्नुभयो ।
पिडितहरुले आफुहरुले न्यायिक नीकायबाट पटकपटक न्याय माग्दा पनि नपाएको गु्नासो गर्दै आफुहरुको माग पुरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन ।
सरकारले मिटर व्याजी पिडितहरुको लागि भन्दै संसदबाट विद्येयक पारित गरेको छ । अब पिडितहरुले न्याय पाउने दाबी सरकारले गरेको छ ।
आफुहरुको माग पुरा नभएको भन्दै मिटर व्याज पिडितहरुको धर्ना
आफुहरुको माग पुरा नभएको भन्दै मिटर व्याज पिडितहरुको धर्ना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
