सुर्खेत । कर्णाली प्रदेशमा सुरक्षित रुपमा स्तनपान गराउनेको संख्या राष्ट्रिय औसतभन्दा बढि देखिएको छ ।
जन्मेदेखी ६ महिना सम्म पुर्णरुपमा आमाको दुध खुवाउने ७४ प्रतिशत रहेको निर्देशनालयको तथाङक रहेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले विश्व स्तनपान दिवसको अवसरमा आज सुर्खेतमा गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो जानकारी गराएको हो ।
नेपालमा ५५ प्रतिशत महिलाले शिशुलाई जन्माएको छ महिनासम्म आमाको दूध खुवाउने गर्दछन भने कर्णालीमा यो संख्या ७४ प्रतिशत रहेको छ ।
यस्तै प्रदेशमा ४० प्रतिशत महिलाले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने गरेका छन् ।
स्वास्थ्य संस्थामा सुत्केरी हुने मध्ये जन्मेको एकघण्टामा ४२ प्रतिशतले स्तनपान गराउने गरेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
शिशुलाई छ महिनासम्म आमाको दूध खुवाउने तथ्याङ्कमा कर्णाली र सुदुरपश्चिम प्रदेशले अन्य प्रदेशलाई उछिनेका छन् ।
सुदुरपश्चिम प्रदेशपनि पुर्ण स्तनपान गराउनेको संख्या ७४ प्रतिशत नै रहेको पाइएको छ ।
उता लुम्बीनी प्रदेशमा ३८, गण्डकी प्रदेश ६४, बाग्मती ४३, मधेश प्रदेश ६३, र कोशी प्रदेशमा ५३ प्रतिशत बालबालिकाले पुर्णरुपमा स्तनपानको उपभोग गर्न पाउने गरेका छन् ।
निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत करुणा भटराईले साक्षर परिवारभन्दा निरिक्षर परिवारका बालबालिकाले बढि आमाको दुध खाने गरेको बताउनुभयो ।
अधिकृत भटराईले एक घण्टाभित्र स्तनपान गराउनेको सङ्ख्या बागमती र गण्डकीभन्दा कर्णालीमा बढी रहेको जानकारी दिनुभयो ।
उहाँले कर्णाली स्वास्थ्य सेवा ऐनले शिशुको स्तनपानको अधिकार सुनिश्चित गर्नुका साथै आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरणमा नियमनको प्रबन्ध गरेको बताउनुभयो ।
प्रदेश स्वास्थ्य निर्देशक रबिन खड्काले पछिल्लो समय अप्रेसन गरेर बच्चा जन्माउने संख्या बढेको भन्दै केही रुपमा स्तनपानमा समस्या देखिएको बताउनुभयो ।
जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले स्तनपान नै बच्चाको लागि पहिलो पोषण भएको भन्दै आम नागरिकमा यो चेतना जगाउन आवश्यक रहेको बताउनुभयो ।
विश्व स्तनपान दिवसको अवसरमा सप्ताहाव्यापी कार्यक्रम गरी सुर्खेतसहित कर्णालीमा मनाइदै छ ।
कर्णालीमा सुरक्षित रुपमा स्तनपान गराउनेको संख्या राष्ट्रिय औसतभन्दा धेरै
कर्णालीमा सुरक्षित रुपमा स्तनपान गराउनेको संख्या राष्ट्रिय औसतभन्दा धेरै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
