सुर्खेत । कर्णाली प्रदेश सरकारले ल्याएको विद्युत सम्बन्धीको विद्येयकलाई संशोधन गर्नुपर्ने सत्तापक्षकै सांसदहरुले माग गरेका छन् ।
प्रदेश सरकारले पेश गरेको विद्युत सम्बन्धी बनेको विद्येयकमाथीको सैद्धान्तिक छलफलमा भाग लिँदै सत्ता पक्षकै सांसदहरुले संघ सरकारसँग बाझिने खालको विद्येयक आएको भन्दै संशोधन गर्नुपर्ने माग गरेका हुन् ।
काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले विद्युत सम्बन्धी विद्येयक आफु मुख्यमन्त्री भएको बेला नै धेरै मेहनतका साथ तयार गरिएको भएपनि अहिले संसदमा ढिला गरि ल्याइएको बताउनुभयो ।
उहाले आफ्नै नेतृत्वको सरकारले तयार पारिएको विद्येयकमा अहिले केही कुरा थप गरिएको भन्दै यसमा उल्लेख गरिएका केही बुँदाहरुसंघ सरकारको कानुनसँग बाझिने खालको रहेको भन्दैसंशोधन आवश्यक रहेको औल्याउनुभयो । उहाले भन्नुभयो, “यो विद्येयक म मुख्यमन्त्री भएको बेलामा धेरै मेहेनतका साथ ल्याइएको हो । मलाई थाहा छैन, संसदमा किन ढिला आयो ? यहाँ केही बुँदाहरु थपिएका रहेछन् ति बु्ँदाहरु संघिय कानुनसँग बाझिने खालका छन् ।”
ऐनको रुपमा आएर थन्किने मात्रै हो भने यो विद्येयकको केही अर्थ नहुने भन्दै संघ सरकारले पठाएको बजेटका भरमा मात्रै विद्युत उत्पादन गर्न नसकिने उहाको भनाई छ । हाम्रो आम्दानीका श्रोतहरु पनि बढाउनुपर्छ । उहाले भन्नुभयो, “कसैले पैसा दिएपछि मात्रै विद्युत निकाल्छु भन्ने सोच राख्यौ भने हामी काम गर्न सक्दैनौँ ।”
प्रमुख प्रतिपक्ष दलका नेता एवम एमाले संसदीय दलका नेता यामलाल कंडेलले कानुनहरु पास गरेर संख्या बढाएर मात्रै केही नहुने भन्दै त्यसको कार्यान्वयनतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यातायातमा सिन्डिकेट अझै कायम रहेको भन्दै टिप्परमा भ¥याङ लगाएर जनता सार्दै गर्दा सरकार नभएको अनुभुती भएको र कानुन मात्रै पास गरेर केही नहुने कंडेलले बताउनुभयो । हामी कानुनहरु निर्माण गरौँला तर कानुन बनाएर मात्रै सबै पुग्दैन । उहाले भन्नु्भयो, “जनताको जिवनमा के परिवर्तन गरियो त्यस कुराले आर्थ राख्छ, अहिले पनि यातायात व्यवसायिहरु सिण्डीकेट चलाइरहेका छन् । सरकार छकी छैन भन्ने परिरहेकाले हामीले सरकार छ है भन्ने जनतालाई विश्वस्त बनाउनुपर्छ होला नी ।”
सांसद रणसिंह परियारले कर्णालीमा उद्योगहरु संचालन गरि प्रदेशलाई नै समृद्ध बनाउन सरकारले ल्याएको विद्युत सम्बन्धीको विद्येयकले बाटो खोल्ने बताउनुभयो ।
सांसद विनोद कुमार शाहले विद्युत सम्बन्धीको विद्येयक सरकारले संसदमा ल्याएकोमा स्वागत गर्दै विद्येयकमा सबै कुरा समेटिन नसकेको दाबी गर्नुभयो ।
सांसद कल्याणी खड्काले विद्युत सम्बन्धीको विद्येयकमा धेरै कुराहरु छुटेको भन्दै आठवटा महत्वपूर्ण विषयहरु समेट्न आग्रह गर्नुभयो । सांसदहरुले अन्य समसामयिक विषयमा समेत आफ्ना धाराणा राखेका छन् ।
कर्णालीका सांसदहरुको मागः विद्युत सम्बन्धीको विद्येयकमा संशोधन गर्नुपर्छ
कर्णालीका सांसदहरुको मागः विद्युत सम्बन्धीको विद्येयकमा संशोधन गर्नुपर्छ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
