सुर्खेत । कर्णालीका द्वन्द्वपिडितहरुले देशमा सरकार नभएको बताएका छन् ।
शान्ति सम्झौता भएको १७ बर्ष भइसक्दा पनि आफुहरुले न्याय पाउन नसकेको भन्दै उनिहरुले देशमा सरकार नभएको अनुभुती भएको बताएका हुन् ।
एकल महिला समुह सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको संक्रमणकालिन न्याय विषयक बहुसरोकारवाला नीकायसँग संवाद कार्यक्रममा बोल्दै उनिहरुले सरकारले अहिलेसम्म आफुहरुको पिडामा मलम समेत लगाउन नसकेको गुनासो गरेका छन् ।
वीरेन्द्रनगरका द्वन्द्व पिडित गोर बहादुर विकले आफु तत्कालिन विद्रोही माओवादीको सेना भएर लडाईमा होमिदा घाइते भएको भन्दै राज्य पक्षबाट आफ्नो परिवारको समेत उठिबास लागेको बताउनुभयो ।
कति द्वन्द्व पिडित छन, कति बेपत्ता भए ? भन्ने सरकारसँग सरकारसँग एकिन तथ्याङ्क नभएको भन्दै देशमा सरकार नभएको अनुभुती भएको बताउनुभयो ।
२०५९ सालमा आफ्नो श्रीमान मारिएको भन्दै सुर्खेतका देवीसरा पौडेलले आफु्हरुलाई बर्षौसम्म पिडित बनाएर नेताहरु भागबण्डा गरेर सत्ताको स्वार्थ लिइरहेको बताउनुभयो । अब न्याय पाउँला भन्ने आस समेत मरिसकेको भन्दै उहाले दुख व्यक्त गर्नुभयो ।
देश परिवर्तन गर्छु भनेर विद्रोही पक्षबाट लडाईमा होमिएको भन्दै हुम्ला घर भइ हाल सुर्खेत बस्दै आएका जुम बहादुर विकले आफुले अहिले पनि शरिरमा गोली बोकेर हिडेको तर द्वन्द्व पिडितको लिष्टमा आफुलाई नराखिएको गुनासो गर्नुभयो । मानव अधिकार सञ्जाल कर्णाली प्रदेशका संयोजक पिताम्बर ढकालले बर्षौ वितिसक्दा पनि सरकारले द्वन्द्वपिडितहरुलाई न्याय दिन नसक्नुले फेरी अर्को द्वन्द्व निम्तिन सक्ने बताउनुभयो ।
अहिले तत्कालिन विद्रोही पक्षहरु नै सरकारमा भएकाले पनि संक्रमणकालिन न्यायका काम छिटो सक्न आग्रह गर्दै सामान्य मलम लगाइदिए मात्रै पनि द्वन्द्वपिडितले न्यायको महशुस गर्ने बताउनुभयो ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष बल बहादुर बुढाले द्वन्द्वपिडितहरुले अब न्याय पाउनुपर्ने भन्दै संक्रमणकालिन न्यायको काम नसके अर्को द्वन्द्व निम्तिने खतरातर्फ सरकारले सोच्नुपर्ने बेला आएको बताउनुभयो ।
कार्यक्रममा मानव अधिकारको क्षेत्रमा काम गर्दै आउनुभएका निसा पौडेल, एकल महिला समुह सुर्खेतका अध्यक्ष ममता नगाल लगायतले द्वन्द्व पिडित महिलाहरु अझै पिडामा रहेको बताउनुभएको छ । पिडितहरुले सरकारले दिने सुविधाहरु समेत उपयोग गर्न समेत नपाएको सरोकारवालाहरुको भनाई छ ।
१७ बर्षसम्म पनि न्याय पाउन नसकेको द्वन्द्वपिडितहरुको गुनासो
१७ बर्षसम्म पनि न्याय पाउन नसकेको द्वन्द्वपिडितहरुको गुनासो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
