सुर्खेत । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै बर्षा सुर्खेतमा मापन गरिएको छ । मौसम पूर्वाअनुमान महाशाखाका अनुसार वीरेन्द्रनगरमा ११८.६ मिलिमिटर बर्षा भएको छ । भने नेपालगञ्जमा १०४.७ मिलिमिटर बर्षा भएको छ ।
त्यसैगरी, धनगडीमा ३७.३ मिलिमिटर बर्षा हुँदा दिपायलमा २८.३ मिलिमिटर बर्षा मापन गरिएको छ । जुम्लामा १९.३ मिलिमिटर बर्षा भएको छ भने डडेलधुरामा ९.१ मिलिमिटर बर्षा भएको हो ।
अहिले सुर्खेतसहित देशभर बर्षा भइरहेको जल तथा मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । अस्ति रातीदेखि निरन्तर बर्षा भइरहेको भन्दै भोलीसम्म नै यो क्रम जारी रहने भएको हो ।
बर्षाका कारण विभिन्न ठाउँमा बाढी पहिरोर र डुबान समेत भएको छ । आवश्यक सतर्कता अपनाउन मौसमविद्हरुले आग्रह गरेका छन् ।
भोलीसम्मै बर्षा जारी रहनेः सबैभन्दा धेरै बर्षा सुर्खेतमा मापन
भोलीसम्मै बर्षा जारी रहनेः सबैभन्दा धेरै बर्षा सुर्खेतमा मापन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
