सुर्खेत । कर्णाली प्रदेशका ३३ वटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा निमित्तको भरमा चलाउनुपर्ने बाध्यता रहेको छ ।
प्रदेशका ७९ वटा स्थानीय तहमध्य ३३ वटा स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका हुन् ।
२५ नगरपालिकामध्ये ९ र ५४ गाउँपालिकामध्ये २४ मा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
यता, सुदूरपश्चिम प्रदेश ३४ स्थानीय तह निमित्तको भरमा चलिरहेका छन् । सुदूरपश्चिम रहेको ३३ नगरपालिकामध्ये १० नगरपालिकामा निमित्त छन् भने ५४ गाउँपालिकामध्ये २४ गाउँपालिका निमित्तको भरमा रहेका छन् ।
मन्त्रालयका प्रवक्ता कमल भट्टराईले प्रमुख प्रशासकी अधिकृत नभएका स्थानीय तहमा साउनको अन्तिमसम्ममा पठाउने तयारी गरिएको बताउनुभयो ।
लामो समय संघीय कार्यालय वा र सुगम ठाउँमा बसेका अधिकृत र उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा पठाएको उहाले बताउनुभयो । तर कर्णालीसहितका दुर्गम क्षेत्रमा भने प्रमुख प्रशासकीय अधिकृतहरु आउन नमान्ने गरेको देखिएको छ ।
कर्णाली प्रदेश सरकारले दुर्गममा कर्मचारीहरुलाई प्रोत्साहन गर्न अतिरिक्त भक्ताको व्यवस्था गर्ने निर्णय गरेपनि कर्मचारीहरु जान मान्दैनन । जसले गर्दा दुर्गमका नागरिकहरुले सेवा पाउन समस्या भइरहेको छ ।
कर्णालीका ३३ वटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतबिहिन
कर्णालीका ३३ वटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतबिहिन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
