सुर्खेत । कर्णाली प्रदेशमा गत आर्थिक वर्षमा हराएका ९ सय ५८ जना व्यक्तीमध्य एक सय ४५ जना अझै पनि सम्पर्कमा आउन नसकेको प्रहरीले जनाएको छ ।
गत आर्थिक बर्षमा १० वटै जिल्लाबाट गरी ९ सय ५८ जना व्यक्ती हराएकामध्ये ८ सय १३ जना सम्पर्कमा आएका छन भने १ सय ४५ जना हालसम्म पनि सम्पर्कमा आउन नसकेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
हराउनेमा सुर्खेतका मात्रै तिन सय ९३ जना छन । जसमध्य हालसम्म ३ सय १६ जना फेला परेको तथ्यांक छ । ७७ जना हालसम्म पनि सम्पर्क आउन सकेका छैनन् ।
यस्तै दैलेखमा १ सय २४ जना हराएकोमा हालसम्म १ सय २० जना मात्र फेला परेका छन् ।
जाजरकोटमा २ गरी ५९ जना हराएकोमा ५९ जना नै फेला परेका छन् । भने सल्यानमा ८० जना हराएकोमा ६८ जना फेला परिसकेका छन् भने १२ जना अझै पनि प्रहरी र घर परिवारको सम्पर्कमा आएका छैनन् ।
यता, रुकुम पश्चिममा ५५ जना हराएकोमा ३३ जना फेला परेको र २२ जना अझै पनि फेला पर्न नसकेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
यस्तै, कालिकोटमा ४१ जना हराएकोमा ४१ जना नै फेला परिसेकेका छन् । हुम्लामा ११ जना हराएकोमा १० जना फेला परिसकेका छन् भने १ जना हालसम्म पनि फेला परेका छैनन् ।
मुगुमा २७ जना हराएकोमा २१ जना फेला परेको र ६ जना हालसम्म पनि नभेटिएको प्रहरीले जनाएको छ ।
यस्तै डोल्पामा १२ जना हराएकोमा १२ जना नै फेला परिसकेको प्रहरीको तथ्यांकले देखाएको छ ।
जुम्लामा ६८ जना हराएकोमा ६३ जना फेला परेको र ५ जना प्रहरी तथा घरपरिवारको सम्पर्कमा आउन नसकेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी वरिष्ठ उपरीक्षक एवम् प्रवक्ता गोपालचन्द्र भट्टराईले बताउनुभयो ।
उहाका अनुसार प्रदेशबाट बर्षेनी मानिसहरु हराउने गरेका छन् । भने हराउनेहरूमा अधिकांश बालबालिका र महिला रहेका छन् । मध्यान्हबाट…
कर्णालीमा गत आर्थिक बर्षमा ९ सयभन्दा धेरै व्यक्ती हराए
कर्णालीमा गत आर्थिक बर्षमा ९ सयभन्दा धेरै व्यक्ती हराए
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
