सुर्खेत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कंडेलले आन्तरिक विशेष अभियानले पार्टी भित्र उत्साह थपेको बताउनुभएको छ।
सुर्खेतमा सुरु भएको संगठन सुदृढीकरण अभियानले पाटीलाइ एकता बद्ध बनाउन मद्दत पुगेको बताउनुभएको हो ।
आज नेपाल प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य कँडेलले यस्तो बताउनु भएको हो।
उहाँले आन्तरिक विषेश अभियानले कांग्रेसलाई वडा, पालिका, प्रदेश, क्षेत्र र जिल्ला तहमा क्रियाशील बनाएर गुटउपगुटबाट मुक्त गराएर अघि बढ्न सहयोग पुगेको जिकिर गर्नुभयो।
अभियानका कार्यहरु अन्तरगत शुक्रबार साउन २६ बिहान ११ बजे पार्टी कार्यालयमा भातृ संस्था ,शुभेच्छुक संस्थाहरूको छलफल गरेको थियो।
त्यस्तै साउन २७ गते बिहान ११ बजे पार्टी कार्यालयमा पुर्व पदाधिकारी ,अग्रज नेताहरुसंग छलफल गरेको थियो।
त्यस्तै साउन २८ गते बिहान ११ वजे क्षेत्रीय कार्यसमितिको आयोजनामा क्षेत्रीय भेला गुर्भाकोट नगरपालिकाको मेहलकुनामा, साउन २९ गते क्षेत्रीय कार्यसमितिको आयोजनामा क्षेत्रीय भेला पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा सञ्चालन भएको केन्द्रीय सदस्य कँडेलले जानकारी दिनुभयो।
सुर्खेतमा ८ वटा कार्यक्रम वडादेखि नगरसम्मका सबै समितिमा छलफल भएको छ।
वडा, नगर, प्रदेश, क्षेत्र र जिल्लामा आन्तरिक समस्याहरु छलफल बारे छलफल गरिएको र यी समस्याहरुलाई प्रतिवेदन बनाएर केन्द्रीय समितमा बुझाइने छ।
प्रेस युनियन सुर्खेतका अध्यक्ष मधुवन विसीले पार्टीभित्र देखिएका आन्तरिक समस्या समाधान गरी एकजुट बनाउन केन्द्रीय समितिलाई अनुरोध गर्नुभयो।
उहाँले पाटीमा बलियो भयो भने मात्रै अन्य संगठनहरु पनि बलियो हुने भन्दै नेतित्वले यसविषयमा सोच्नुपर्ने औल्याउनुभयो।
पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार विशेष आन्तरिक अभियान सुरू गर्ने भएको हो।
आन्तरिक अभियानले पार्टीभित्र उत्साह थप्योः नेता देवेन्द्रराज पौडेल
आन्तरिक अभियानले पार्टीभित्र उत्साह थप्योः नेता देवेन्द्रराज पौडेल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
