सुर्खेत । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाइ उडानमा लगाएको प्रतिबन्द हटाएको छ । हवाई उडानसम्बन्धी यसअघि गरेको निर्णय सच्चाउदै अब पहिलेकै नियमलागु गर्ने निर्णय गरेको हो ।
यस प्राधिकरणले हवाई सुरक्षालाई मध्यनजर गर्दै दिउँसो १२ पछि पहाडी क्षेत्रमा उडान गर्न नपाउने निर्णय गरेको थियो । साथै हेलिकप्टरहरूलाई पनि उद्धार उडान, सामान ढुवानी लगायतको उडानमा रोक लगाएको थियो । तर प्राधिकरणले बिहिबार एक विज्ञप्ति जारी गर्दैयसअघिको निर्णयबाट पछि हटेर अब पहिलेकै नियमलागु गर्ने जनाएको छ ।
प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलकाअनुसार यो नियमआन्तरिक वायुयान सञ्चालन गर्ने वायुसेवा तथा हेलिकोप्टरको हकमा लागू हुनेछ ।
प्राधिकरणले अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको भीएमसी कायम भएको सुनिश्चितता पछि प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणापछि उडान अनुमति दिने जनाएको छ । भीएमसी भनेको मौसम सफा भए–नभएको जानकारी हो ।
गत साउन १२ गते प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई व्यवसाय नै जोखिममा पर्ने गरी उडान सम्बन्धी नयाँ नियम ल्याउनुभएको थियो । उक्त नियमको कर्णालीमा चौतर्फी विरोध भएपछि उहा यो निर्णयबाट पछि हट्नुभएको हो ।
यसअघिको निर्णयले पहाडी जिल्लामा बिरामीहरूको उद्धार नहुँदा उनीहरूको ज्यानै जोखिममा पर्ने अवस्था थियो । त्यही कारण हुम्लाका चार जना बालकले जहाज कुर्दा कुर्दै ज्यान गुमाएका थिए ।
बुधबार कर्णाली प्रदेशका सांसद तथा सरोकारवालाहरूले पर्यटन मन्त्री सुदन किराँती र महानिर्देशक अधिकारीसँग सघन छलफल गरेपछि प्राधिकरण आफ्नो निर्णयबाट पछि हटेको हो ।
दिउँसो १२ पछि पहाडी क्षेत्रमा उडान गर्न नपाउने निर्णयबाट पछि हट्यो प्राधिकरण
दिउँसो १२ पछि पहाडी क्षेत्रमा उडान गर्न नपाउने निर्णयबाट पछि हट्यो प्राधिकरण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
