सुर्खेत । कर्णाली प्रदेशको निजामती सेवा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश भएको छ ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बिहीबार बसेको प्रदेशसभा बैठकमा विधेयक पेश गर्नुभएको हो ।
प्रदेशको निजामती सेवालाई सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउन निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा कानूनी व्यवस्था गर्न आवश्यक रहेको मन्त्री जिसीले बताउनुभयो ।
‘कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ नामकरण गरिएको छ ।
यसैबिच, कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले सबैले आफ्नो ठाउँबाट जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभएको छ ।
सरकारको तर्फबाट संसदमा आफ्ना धाराणा राख्दै उहाले समाज रुपान्तरणको लागि सबैले आफ्नो आफ्नो जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिनुभएको हो ।
विपद्का घटनाहरु भइरहेको भन्दै उहाले सम्भावित घटना हुन नदिन विपद् विभिन्न कदम चालिएको बताउनुभयो । विपद् व्यवस्थापन समितिको बैठक बसेर विभिन्न निर्णयहरु गरेका छौँ । उहाले भन्नुभयो, “हाम्रो क्षमता र जनशक्तीलाई जतिसक्यो परिचालन गरि विपद्बाट हुन सक्ने घटना न्युनिकरण गर्न सरकार प्रतिवद्ध छ । हामीले स्थानीय सरकारसँग समेत सहकार्य गरेर अगाडी बढ्ने भनेका छौँ ।”
मुख्यमन्त्री शर्माले सुर्खेत बिमान स्थल वरपरको डुबान हुन नदिन तत्काल पहल लिइन्दै बताउँदै विमान स्थल धावन मार्ग विस्तार गर्न समेत पहल भइरकेको बताउनुभयो । सुर्खेत बिमान स्थल वरपर डुबान भइरहेको हामीलाई जानकारी छ । त्यसको समाधानको लागि हामी तत्काल पहल गर्छौ । सँगै बिमान स्थलको धावन मार्ग सानो छ, त्यसको विस्तारका लागि समेत संघिय सरकारसँग पहल भइरहेको छ । उहाले भन्नुभयो ।
प्रभावित क्षेत्रका नागरिकको विरोधका कारण यसअघि सरकार विमानस्तर विस्तार गर्ने निर्णयबाट पछि हटेको थियो । अहिले फेरी बिमान स्थल विस्तार गर्ने चर्चा शुरु भएको हो ।
उहाले कर्णालीमा पक्ष विपक्ष नभएर समस्या समाधान गर्न लाग्नुपर्नेमा जोड दिँदै असहमतीहरु छलफलको माध्यमबाट समाधान गर्नुपर्ने बताउनुभयो ।
कर्णाली प्रदेश निजामती सेवा सम्बन्धी विधेयक संसदमा पेश
कर्णाली प्रदेश निजामती सेवा सम्बन्धी विधेयक संसदमा पेश
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
