रुकुम पश्चिम । रुकुम पश्चिममा सडेको अवस्थामा दुईवटा शव फेला परेको छ । दुई छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव फेला परेको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।
मुसीकोट नगरपालिका–११ र आठबिसकोट नगरपालिका–६ मा दुई शव भेटिएका हुन् ।
सडिसकेको अवस्थामा फेला परेका दुबै शव पुरुषको भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
ती शव मुसीकोट नगरपालिका–११ का ५९ वर्षीय पिताराम नेपाली र आठबिसकोट नगरपालिका–६ झोडेनीका आसे बोहराको भएको श्रेष्ठले बताउनुभयो ।
नेपालीको शव स्थानीय सिस्नेखोलीको जंगलमा भेटिएको हो । पारिवारिक स्रोतका अनुसार गएको साउन १७ गतेदेखि उनी वेपत्ता थिए । उहाको मृत्युको कारण खुलेको छैन । त्यसैगरी बोहराको मृत्युको कारण पनि खुलेको छैन। दुबै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
यता, जुम्लाको हिमा नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको कनकासुन्दरी गाउँपालिका–६ मा बालुवा निकाल्न गएकी वडा नं ६ दाँतेओखर गाउँका १७ वर्षीया मैना सार्कीलाई नदीले बगाउँदा मृत्यु भएको स्थानीय कर वर्डले जानकारी दिनुभयो ।
हिमा नदीको लौडीसेन भन्ने ठाउँमा बालुवा निकालिरहनुभएको थियो । त्यहीबेला नदीको छालले चिप्ल्याएर बगाउँदा घटना भएको हो ।
नदीले लौडीसेबाट तीन सय मिटर तलसम्म बगाएपछि मैनाको मृत्यु भएको छ । नदीको बहाव अत्यधिक बढेकाले उहालाई बचाउन नसकिएको बताइएको छ ।
रुकुम पश्चिममा सडेको अवस्थामा दुईवटा शव फेला
रुकुम पश्चिममा सडेको अवस्थामा दुईवटा शव फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
