सुर्खेत। प्राकृतिक प्रकोपका विभिन्न घटनामा परि मृत्यु भएका कर्णालीका एक सय ८१ जनाका परिवारले सामुहिक जोखिम दुर्घटना बिमाबाट करिब चार करोड रकम प्राप्त गरेका छन् ।
तिन बर्षको अवधीमा विभिन्न प्राकृतिक प्रकोपका घटनामा परि मृत्यु भएका एक सय ८१ जनाका परिवारले कर्णाली सरकारले गरिदिएको सामुहिक जोखिम दुर्घटना बिमाबाट ३ करोड ६२ लाख रकम प्राप्त गरेका हुन् ।
प्रकोपबाट मृत्यु भएका प्रति परिवारले दुइ लाखका दरले रकम उपलब्ध पाएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेश सरकारले २०७६ सालमा प्रदेशका सबै नागरिकको सामुहिक दुर्घटना जोखिम बीमा गरिदिएको थियो ।
राष्ट्रिय बीमा कम्पनीसँग सम्झौताअनुसार कर्णालीका करिब १७ लाख जनसंख्याको सामुहिक बिमा सरकारले गरिदिएको छ । एक व्यक्ती बराबर ९ रुपैयाँ पर्नेगरी सरकारले नै नागरिकको बिमा गरिदिएको छ ।
कर्णाली प्रदेशका कुनैपनि नागरिकको प्रकोप या प्राकृतिक विपद्बाट निम्तिने दुर्घटनाले मृत्यु भएमा २ लाख रुपैयाँ पाउने र उक्त रकम राष्ट्रिय बिमा कम्पनीले उपलब्ध गराउने गरेको आन्तरिक मामिला मन्त्रालयका विपद् व्यवस्थापन शाखा प्रमुख कृष्ण बहादुर रोकायले जानकारी दिनुभयो ।
उहाका अनुसार आर्थिक बर्ष २०७७÷०७८ मा विभिन्न प्राकृतिक प्रकोमा परि मृत्यु भएका ५९ जनाका परिवारले बिमा रकम पाएका छन भने आर्थिक बर्ष २०७८÷०७९ मा ५८ जनाका परिवारले बिमा रकम पाएका छन ।
त्यसैगरी आर्थिक बर्ष २०७९÷८० मा ६४ जनाले सामुहिक दुर्घटना बिमाबाट रकम दिइएको रोकायले जानकारी दिनुभयो ।
तिन आर्थिक बर्षमा प्राकृतिक प्रकोपमा परि मृत्यु भएका एक सय ८१ जनाका परिवारले तिन करोड ६२ लाख बिमा रकम भुक्तानी भएको बिमा कम्पनीले जनाएको छ ।
कर्णालीमा एक सय ८१ जनाका परिवारले पाए सामु्हिक दुर्घटना बिमा रकम
कर्णालीमा एक सय ८१ जनाका परिवारले पाए सामु्हिक दुर्घटना बिमा रकम
"प्रति परिवार दुइ लाखका दरले रकम भुक्तानी "
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
