सुर्खेत । नेकपा एकीकृत समाजवादी पार्टी सुर्खेतका अध्यक्ष मोहोन बुडुवालसहितको टिम नेकपा एमालेमा फर्किएको छ ।
समाजवादी सुर्खेतका अध्यक्ष बडुवालसहित जिल्ला कमिटीको टिम एमालेमा फर्किएको हो ।
बडुवाललाई नेकपा एमालेका महासचिव शंकर पोखरेल, एमाले कर्णाली ईन्चार्ज लेखराज भट्ट र स्थायी कमिटी सदस्य एवम् प्रदेश सभा संसदीङय दलका नेता यामलाल कँडेलले स्वागत गर्नुभयो ।
बडुवालसँगै समाजवादी निकट नेपाल इन्जिनियरिङ्ग एशोसियनको सिंगो कर्णालीको टिम पनि एमालेमा प्रवेश गरेको छ ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एकिकृत समाजवादीले जनताका आकांक्षा पूरा गर्न नसक्ने भएकाले सबै नेता कार्यकर्तालाई एमालेमा आउन अपिल गर्नुभएको छ ।
उहाले जनताको बहुदलिय जनवादलाई साकार पार्न एमाले नै एक्लो पार्टी भएकाले यो अभियानमा साथ दिन आग्रह गर्नुभएको हो ।
उहाले एमालेमा प्रवेश गरेका समाजवादीका नेता कार्यकर्ताहरुको भावनामा कुनै ठेस नपु¥याउने र पार्टीमा उचित जिम्मेवारी दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
बडुवाल नेकपा हुँदा सुर्खेत जिल्ला कमिटी सचिवसमेत हुनुहुन्थ्यो । नेकपा विभाजनपछि उहा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा जानुभएको थियो ।
एकिकृत समाजवादी सुर्खेतको अध्यक्ष सहित नेता कार्यकर्ता एमालेमा फर्किए
एकिकृत समाजवादी सुर्खेतको अध्यक्ष सहित नेता कार्यकर्ता एमालेमा फर्किए
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
