सुर्खेत । सुर्खेत वीरेन्द्रनगर नगरपालिका २ का स्थानीयले आफुहरुले विगत पाँच बर्षदेखि धारामा खानेपानी नगएको भन्दै पानीको आपुर्ती गरिदिन माग गरेका छन् ।
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था अन्तरगत स्किम नम्बर ६ मा पर्ने यस वडाका १५० जनाको घरमा खानेपानीको धारा भएपनि पाँच बर्षदेखि खानेपानी आपुर्ती हुन नसकेको उनिहरुको भनाई छ ।
२०७४ साल फागुन महिनादेखि खानेपानी आपुर्ती नभएपनि महसुल भने नियमित तिरिरहेको भन्दै तत्काल यो समस्या समाधान गरिदिन वडा नम्बर २ का ९ वटा टोल विकास समितिहरुले उपत्यका खानेपानी उपभोक्ता संस्थामा आज ज्ञापनपत्र बुझाएका छन ।
उनिहरुले धारामा पानी नआएपनि आफुहरुले महुसुल तिरिरहेको भन्दै उक्त महसुल र हर्जना रकम फिर्ता गर्न माग गरेका छन् ।
यस्तै, वडा नम्बर दुईको खानेपानीको दिर्घकालिन समस्या समाधानका लागि त्यही ठाउँमा अग्लो रिजर्ब ट्याकीको निर्माण गरिदिनुपर्ने, खानेपानीको वितरण लाइनलाई प्राविधिक दृष्ट्रिकोणले उपयुक्त स्थानबाट वितरण गर्ने व्यवस्था मिलाइदिन समेत माग गरिएको छ ।
पटक–पटक माग गर्दा पनि आफुहरुको समस्या समाधान नगरिएको भन्दै अब पनि सुनुवाई नभए थप आन्दोलनका कार्यक्रमहरु संचालन गरिने समेत चेतावनी दिइएको छ ।
घरमा धारा छ, पानी आउँदैनः तत्काल खानेपानी आपुर्ती गरिदिन माग
घरमा धारा छ, पानी आउँदैनः तत्काल खानेपानी आपुर्ती गरिदिन माग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
