सुर्खेत । कर्णाली सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले भदौ महिनाभित्र नीतिगत सबै काम गरिसक्न निर्देशन दिनुभएको छ ।
मन्त्रालयको आयोजनामा समसामयिक तथा भावि कार्यदिशा विषयक छलफलमा मन्त्रालयका सचिवसहित मातहतका सबै महाशाखाका प्रमुहरुलाइ निर्देशन दिनुभएको हो ।
मन्त्री शर्माले भदौ महिनाभित्र नीति नियमावली तथा निर्देशिकाका काम सबै गरिसक्नु पर्ने बताउनुभयो ।
छलफलमा उठेका विषयबस्तुले कार्यसम्पदानमा सहयोग गर्नुको साथै योजना तथा नीति निर्माणमा सहयोग गर्ने भएकाले रिपोटिङ्गमा ध्यान दिन पनि सुझाव दिनुभयोा ।
यस्तै, मन्त्री शर्माले ठुलाठुला होटेल र लजमा तालिम तथा गोष्ठि गर्ने बानीको विकासलाई हेरफेर गर्न आवश्यक देखिएकाले अब कृषि र पशु क्षेत्रका तालिम निश्चित निर्धारण गरी किसानकै कार्यस्थलमा सञ्चालन हुनुपर्नेमा जोड दिनुभएको छ ।
साथै उहाले कर्णाली प्रदेशको कृषि कर्म, किसानको जीवन शैली, रैथाने वालीको हालको अबस्था र भावी कृषि रणनिति निर्माणमा पनि सघाउने भएकाले देशमा कृषि र पशुको रैथाने जातको संरक्षण गर्न कर्णाली कृषि प्रदर्शनी केन्द्र निर्माणमा जोड दिनुभएको छ ।
भदौ महिनाभित्र नीतिगत सबै काम गरिसक्न निर्देशन
भदौ महिनाभित्र नीतिगत सबै काम गरिसक्न निर्देशन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु