सुर्खेत । कर्णाली प्रदेशसभा सदस्यहरुले प्रदेशका विभिन्न ठाउँमा भएका समस्याहरुको समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रदेशसभाको दोश्रो अधिवेशनको चौँतिसौँ बैठकमा बिहीबार भाग लिँदै सांसदहरुले प्रदेशमा विभिन्न ठाउँका तत्काल समाधान गर्नुपर्ने समस्याहरुबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रदेसभा सदस्य देवेन्द्र बहादुर शाहीले जुम्लाको पातारासीमा बाढी पहिरोले एकजनाको मृत्यु भएको भन्दै बाढीका कारण विद्यालय जाने बाटोसहित खानेपानी क्षत विक्षत भएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । “लगातार आएको बर्षाले जुम्लाको पातारासी गाउँपालिकामा बाढी पहिरो आएर एकजनाको मृत्यु भएको छ भने विद्यालय जाने बाटो बन्द अवस्थामा छ, सँगै खानेपानी धाराहरु क्षतविक्षत अवस्थामा छन् । यतातर्फ चाँडोभन्दा चाँडो सरकारले ध्यान दिवस् ।” उहाले भन्नुभयो ।
सांसद लक्ष्मी सुनारले सल्यान जिल्लाका पालिकाहरुमा बन्न लागेका १५ शैयासम्मका हस्पटिलका भवनहरु बजेट अभावमा अलपत्र अवस्थामा रहेको भन्दै यसमा प्रदेश सरकारले चासो दिनुपर्नेमा जोड दिनुभयो ।
उहाले भन्नुभयो, “पालिकाका अस्पतालका भवन निर्माणका लागि सरकारले १६ करोड रुपैयाँ लाग्ने आफै भनेको तर जम्मा एक करोड मात्रै पठाएको छ, त्यसले डिपिआरका काम गर्न समेत पुग्दैन होला नी ।”
सल्यानको सल्लिबजारमा रहेको अस्पतालमा बिरामीहरुको चाप धेरै हुने गरेको तर डाक्टर नभएको भन्दै उक्त अस्पतालमा एकजना एमबिबिएस डाक्टर पठाइदिन उहाले सरकारसँग माग गर्नुभयो ।
सांसद जित बहादुर मल्लले मुगुको छायाँनाथ रारा नगरपालिकाको ११ को सालिमा बस्ती टाकुरामा र वडा नम्बर ८ को एउटा वस्ती चौरमा बस्न बाध्य भएको भन्दै यो वस्ती व्यवस्थापन गरिदिन सरकारकासँग माग गर्नुभयो ।
मुगुमा गत बर्षका बाढी प्रभावितहरुको समेत सहि व्यवस्थापन हुन नसकेको उहाँको भनाई छ ।
सांसद गमता विकले दैलेखको ठाटीकाँधमा बँदेल आतंक रहेको भन्दै यसलाई रोक्न सरकारसँग माग गर्नुभयो । आजको बैठकमा सांसद सुरेन्द्र अधिकारी लगायतले समसामयिक विषयमा आफ्ना धाराणा राख्नुभएको थियो ।
समसामयिक विषयमा कर्णालीका सांसदहरुले गराए प्रदेश सरकारको ध्यानाकर्षण
समसामयिक विषयमा कर्णालीका सांसदहरुले गराए प्रदेश सरकारको ध्यानाकर्षण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
