सुर्खेत । कर्णाली प्रदेश सरकारले संसदमा ल्याएका दुइवटा विद्येयकरु छलफलका लागि संसदको विषयगत समितिहरुमा पठाइएको छ ।
विद्येयकमा भएका विषयमाथी छलफल गरी आवश्यक संशोधन अथवा सुझावका लागि संसदीय समितिहरुमा दफाबार छलफल गरिने भएको हो ।
सरकारले ल्याएका ‘कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न विधेयक’ र कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्ने बनेको विधेयक’ माथि दफावार छलफलका लागि समितिमा पठाइएको जनाइएको छ ।
दुवै विधेयक समितिमा पठाउन आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले सभामा प्रस्ताव गरेबमोजिम सर्वसम्मतले पारित भएको थियो ।
कर्णाली प्रदेशसभाको बैठक भदौ २४ गते दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालयले बताएको छ ।
कर्णाली सरकारले ल्याएका दुइवटा विद्येयकरु छलफलका लागि विषयगत समितिमा पठाइयो
कर्णाली सरकारले ल्याएका दुइवटा विद्येयकरु छलफलका लागि विषयगत समितिमा पठाइयो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
