सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले स्वीट्जरल्याण्डको जुरिचमा हुने कार्यक्रममा कर्णालीको लगानीसम्बन्धी छलफल गरिने बताउनुभएको छ ।
कर्णाली प्रदेशसभाको बैठकलाई आफ्नो विदेश भ्रमणका बारेमा जानकारी दिँदै मुख्यमन्त्री शर्माले प्रदेशको समृद्धि र विकासका लागि सहयोग जुटाउन जुरिचमा जान थालिएको बताउनुभएको हो ।
उहाका अनुसार अन्तराष्ट्रिय मानवअधिकार आयोग अन्तरसरकारी संस्था स्वीट्जरल्याण्डको जुरिचमा वित्तीय, सामाजिक, मानवता, निजी, सहकारी समुदाय र हरितसम्बन्धी कार्यक्रम सेप्टेम्बर १ र २ तारिखमा आयोजना हुँदैछ जहाँ कर्णाली प्रदेश सरकारको सहकार्य रहेको छ ।
कार्यक्रममा भाग लिनका लागि साउन २३ गतेको सङ्घीय सरकारको निर्णयबमोजिम भ्रमणका स्वीकृत पनि भइसकेको उहाले जानकारी दिनुभयो ।
कर्णाली प्रदेशका मुख्यमन्त्रीे स्वीट्जरल्याण्ड जानेः लगानीसम्बन्धी छलफल गरिने
कर्णाली प्रदेशका मुख्यमन्त्रीे स्वीट्जरल्याण्ड जानेः लगानीसम्बन्धी छलफल गरिने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
