काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले मुगुको नाग्मा–गमगढी र गमगढी–नाक्चेलाग्ना सडकलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभएको छ ।
संसदमा प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले नाग्मा–गमगढी र गमगढी–नाक्चेलाग्ना सडकलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभएको हो ।
हाल विभिन्न खण्डहरूमा कार्य भइरहेको बारेमा पनि उहाले सदनमा जानकारी गराउनुभयो ।
नाग्मा–गमगढी ६.६ कि.मि. कालोपत्रे र ८ कि.मि. ग्राभेल स्तरमा स्तरोन्नति गर्ने गरी निर्माण कार्य भइरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले गमगढी–नाक्चेलाग्नाको १२ कि.मि. निर्माणको कार्य भइरहेको बताउनुभयो ।
मुगुको नाग्मा–गमगढी नाक्चेलाग्ना सडकलाई उच्च प्राथमिकता दिएका छौंः प्रधानमन्त्री दाहाल
मुगुको नाग्मा–गमगढी नाक्चेलाग्ना सडकलाई उच्च प्राथमिकता दिएका छौंः प्रधानमन्त्री दाहाल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु