दैलेख । लोपोन्मुख समुदाय राउटे बस्तीमा दुई वर्षपछि छोरीको जन्म भएको छ । राउटे युवा हीरासिंह शाही र बाङ्गे शाही दम्पतीको गत साता छोरी जन्मिएको हो ।
राउटे बस्तीमा दुई वर्षअघि अर्थात् २०७८ असोज २७ यता शिशु जन्मिएका थिएनन । दुई वर्षपछि शिशु जन्मिएसँगै राउटे जातिको जनसंख्या १ सय ४२ पुगेको छ ।
दैलेखको महाबु गाउँपालिका–३ बाल्तडामा बसोबास गरिरहेको राउटे बस्तीमा शिशुको जन्मसँगै खुसीयाली छाएको छ ।
नेपालको सम्पदा र कर्णालीको गहनाको रूपमा चिनिने राउटे समुदायको अस्तित्व भने संकटमा छ ।
अत्यधिक मदिरा सेवन, पोषणयुक्त खानाको कमी, नवजात शिशुको हेरचाहमा कमीजस्ता कारणले उनीहरूको अस्तित्व खतरामा परेको हो ।
मदिराको सेवन उच्च हुँदा शिशु नजन्मिनु र युवादेखि वृद्धवृद्धासम्मकाले ज्यान गुमाइरहँदा उनीहरूको जनसंख्या बर्सेनि घट्दो छ ।
राउटे समुदायमा काम गर्दै आएको एक गैर सरकारी संस्थाको तथ्याङ्क अनुसार राउटे बस्तीमा २०७५ भदौदेखि २०७८ असोजसम्म २६ शिशुको जन्म भएको थिया । तीमध्ये १४ जनाले ज्यान गुमाएका थिए । यसले राउटे समुदायमा बालमृत्युदर ६० प्रतिशत बढी देखाएको छ ।
लोपोन्मुख समुदाय राउटे बस्तीमा दुई वर्षपछि बच्चाको जन्म
लोपोन्मुख समुदाय राउटे बस्तीमा दुई वर्षपछि बच्चाको जन्म
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
