सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार सु–शासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा नयाँ लडाई शुरु गरेको बताउनुभएको छ ।
सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उहाले सरकार भ्रष्ट्राचारको विरुद्धमा निर्मम भएर अभियानमा लागेको भन्दै यो अभियानमा एकताबद्ध हुन आवश्यक रहेको बताउनुभएको हो ।
उहाले यो अभियान निरन्तर रुपमा अगाडी बढ्ने भन्दै कोहीपनि दोषी उम्कन नपाउने र निर्दोश नफस्ने दाबी गर्नुभयो ।
कुनैपनि काण्डहरुको छानबिनमा सीआईवीलाई दबाब नदिएको प्रष्ट पार्दै उहाले प्रधानमन्त्री र गृहमन्त्रीमाथि आफू निकटका व्यक्तिहरुलाई जोगाएको आरोप निराधार रहेको बताउनुभयो । उहालेले भन्नुभयो, ‘माओवादी र प्रचण्डले आफ्नो मान्छे जोगाउँछ कांग्रेस र एमालेका मान्छेहरुलाई मात्रै ताग्रेट गरेको छ भनेर निकै हल्ला भएको छ । मैले सीआईबीलाई यदि दोषी देखिन्छ भने माओवादीको जोसुकै नेता भएपनि गलत भेटिए बाटोमा प्रचण्ड देखियो भने त्यसलाई पनि नछोड भनिसकेको छु । यो कुरा मैले गहिरोगरी सबैलाई विचार गर्न अनुरोध गर्छु ।’
गठबन्धन मोर्चा अघि बढाइसकेपछि प्रतिक्रियावादीहरुलाई खपिनसक्नु भएको उहाको भनाई छ । उहाले भन्नुभयो, ‘परिवर्तनकारी शक्तीहरु र अहिलेको व्यवस्था ल्याउन योगदान गरेका दलहरु एक ठाउँमा छन्, जो धारे हात लाएर गालि गरिरहेका छन्, तिनीहरु नक्कली हुन, तपाईहरु राम्रोसँग बुझ्नुहोला ।’
यसैबिच, प्रधानमन्त्री ‘प्रचण्ड’ले नेकपा एमालेभित्र ठुलो विद्रोह हुन लागेको दाबी गर्नुभयो । उहाले जनयुद्धको आधार इलाका कर्णाली भएजस्तै समाजवादी क्रान्तिको केन्द्र पनि कर्णाली बन्ने बताउनुभयो ।
कम्न्युष्टहरु मिल्दैमा काँग्रेसमा चिसो पस्नुपर्ने कारण छैनः नेता नेपाल
यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चाले कम्युनिस्ट आन्दोलनलाई बचाउनका लागि भूमिका खेल्ने बताउनु भएको छ ।
कम्युनिष्टहरु मिल्दा गठबन्धन भित्रको दल नेपाली कांग्रेसको मनमा चिसो पस्यो कि भन्ने आंकलन भएपनि चिसो नभई तातो पसेको नेपालको तर्क छ ।
अध्यक्ष नेपालले एमसीसी संविधानमाथि नहुने भनेपछि आफूहरुले सहमति जनाएको भन्दै तर अनुचित सम्झौता स्वीकार्य हुने नसक्ने बताउनु भएको छ ।
एमसीसी नेपालको हितमा छैनः विप्लव
कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव सीले अमेरिकी सहयोग परियोजना (एमसीसी) कार्यान्वयन गर्दा देशको नेतृत्व प्रचण्डभन्दा बाहेकले गरेको खण्डमा देश युक्रेन बन्ने दाबी गर्नुभएको छ ।
‘एमसीसीले जस्ता खालका प्रावधानहरू लाद्न खोजेको छ, कमरेड प्रचण्ड हुँदासम्म लड्नुहुन्छ हामीलाई त्यो विश्वास छ । तर अर्को खराब व्यक्ति कोही आउने बित्तिकै नेपाल युक्रेन बन्छ । हेरिराख्नुस्, यो षडयन्त्र हो,’ विप्लवले भन्नुभयो ।
सहयोग र अनुदान नेपालले पाउने कुरा स्वभाविक भएपनि हस्तक्षेप स्वीकार नहुने पनि उहाले बताउनुभयो ।
आजसम्म कसैसामु नझुकेको नेपालमाथि षडयन्त्र भइरहेको भन्दै उहाले अहिले कुनै न कुनै रुपले नेपाललाई तहसनहस बनाउने योजना रचिएको भन्दै यसको डटेर सामाना गर्नुपर्ने बताउनुभयो ।
सरकार सु–शासनको पक्षमा छ: प्रधानमन्त्री प्रचण्ड
सरकार सु–शासनको पक्षमा छ: प्रधानमन्त्री प्रचण्ड
"एमसीसीको विरोध पनि समर्थन पनि "
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
