सुर्खेत । मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको पूर्वीखण्डं धुलियाविट–भेडाबारी सडक एक वर्षमा कालोपत्र सम्पन्न हुने भएको छ ।
राजमार्गको ट्र्याक खुलेको ४८ वर्षपछि कालोपत्र हुन लागेको हो । विसं २०३२ मा राजा वीरेन्द्र सुर्खेतमा आउँदा राजालाई देखाउनका लागि धुलियाविट–भेडाबारी सडक निर्माण थालिएको थियो ।
थालिएको लामो सयमसम्म पनि स्तरोगतिको काम हुन सकेको थिएन् । लामो समयदेखि रुख कटानको अनुमति नपाउँदा निर्माणको काममा अवरोध भएकामा अहिले रुख कटानको अनुमति पाएसँगै स्तरोन्नतिको काम अगाडि बढेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले बताउनुभयो ।
सडक निर्माणले अहिले गति लिएको छ । सुर्खेतको पूर्वी खण्डको सडक एक वर्षमा निर्माण सकिने उहाको भनाई छ ।
आज सडकको अनुगमन गर्दै उहाँले पश्चिम खण्डमा समेत राजमार्गले चाँडै गति लिने बताउनुभयो ।
सडक स्तरोन्नतिका लागि रुख कटान गर्न वन मन्त्रालयले अनुमति दिइसकेकाले अहिले रुख कटानको कामसँगै सडक निर्माणले गति लिएको मन्त्री ज्वालाले बताउनुभयो ।
मदन भण्डारी राजमार्गको सुर्खेत पूर्वीभागमा ३५ किलोमिटर छ भने पश्चिममा भागमा ९४ किलोमिटर रहेको छ ।
अहिले पूर्वीभागको काम अगाडि बढाइएको मदन भण्डारी राजमार्गका आयोजना प्रमुख शम्भुप्रसाद आचार्यले बताउनुभयो ।
सडक तोकिएकै समयमा सम्पन्न गर्ने गरी काम भइरहेको उहाँको भनाइ थियो ।
धुलियाविट–भेडाबारी सडक एक वर्षमा कालोपत्र सम्पन्न हुने
धुलियाविट–भेडाबारी सडक एक वर्षमा कालोपत्र सम्पन्न हुने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
