सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश बाल अधिकार समिति गठन तथा सञ्चालनको तयारी गरेको छ ।
समाजिक विकास मन्त्रालयका अनुसार प्रदेश बाल अधिकार समिति गठनको अन्तिम तयारी गरिएको हो । त्यसको लागि कार्यविधि मस्यौदाको काम भइरहेको सामाजिक विकास मन्त्रालय महिला बालबालिका, तथा जेष्ठ नागरिक महाशाखा प्रमुख अनिता ज्ञवालीले जानकारी दिनुभयो ।
बालबालिका सम्बन्धी ऐन २०७५ ले प्रदेश र स्थानीय तहका बालअधिकार समिति गठन गरि बालबालिकाको समग्र अधिकारको क्षेत्रमा काम गर्ने उल्लेख छ । त्यहीअनुसार समिति गठनको लागि कार्यविधिको मस्यौदा तयार गरिएको हो ।
प्रदेशमा बाल अधिकार समिति र स्थानीय तहमा बाल अधिकार समिति गठन गरि काम गर्न सकिने भएपनि अहिलेसम्म कर्णालीका अधिकांस स्थानीय तहमा बालअधिकार समिति गठन हुन सकेका छैनन ।
यसैबिच, गत आर्थिक बर्षमा बाल गृहबाट ४१ बालबालिका उद्धार र व्यबस्थापन गरिएको छ । महाशाखा प्रमुख ज्ञवालीका अनुसार कर्णालीका विभिन्न जिल्लाबाट बाल गृहमा पुगेका ४१ जना बालबालिकालाई बाल गृहबाट उद्दार गरिएको हो ।
यसैगरी, ४० जना बालबालिकाहरुलाई जीविकोपार्जन सहयोग गरिएको छ भने ४५ जना बालबालिकालाई शैक्षिक सहयोग प्रदान गरिएको छ ।
विशेषगरी असाहय बालबालिकाहरुको लागि प्रदेश सरकारले विभिन्न साझेदार संस्थासँग मिलेर उद्धार तथा संरक्षणका कामहरु गरिरहेको जनाइएको छ ।
कर्णालीमा प्रदेश बाल अधिकार समिति गठन तथा सञ्चालनको तयारी
कर्णालीमा प्रदेश बाल अधिकार समिति गठन तथा सञ्चालनको तयारी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु