सुर्खेत । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय गाडीका सुर्खेतमा दुइवटा ठाउँमा अत्याधुनिक फास्ट चार्जिङ स्टेशन निर्माण गरेको छ ।
चार्जिङ स्टेसनहरुको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्तरूपमा उद्घाटन गर्नुभएहो हो ।
प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय गाडी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरूमा विद्युतीय गाडी छिटो चार्ज गर्न चार्जिङ स्टेशन निर्माण भएको हो ।
जस अन्तरगत कर्णाली प्रदेशको सुर्खेतको सिटी बसपार्कमा दुइवटा चार्जिङ स्टेशन निर्माण गरिएको छ । सुर्खेतसँगै कोहोलपुर नयाँ बसपार्कमा २ वटा, धनगडी कैलालीमा दुइवटा र कैलालीमा एउटा चार्जिङ स्टेसन निर्माण गरिएको छ ।
त्यसैगरी, बुटवल बसपार्क रुपन्देहीमा दुइवटा, लमही बसपार्क दाङमा दुइवटा सँगै देशभरका ५१ ठाउँमा चार्जिङ स्टेसन निर्माण गरि आज एकैपटक उद्धाटन गरिएको हो । विद्युतीय गाडी पेट्रोलियम पदार्थबाट चल्नेभन्दा १५÷२० गुणा सस्तो पर्ने अपेक्षा गरिएको छ ।
उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले ५१ वटा चार्जिङ स्टेशन सञ्चालनमा आउनु विद्युतीय गाडीको यात्रा हरित, स्वच्छ ऊर्जा खपतमार्फत कार्बन उत्सर्जन तथा जलवायु परिवर्तनका प्रभावहरू न्यूनीकरणमार्फत देशको दिगो विकासमा महत्त्वपूर्ण पाइला भएको बताउनुभयो ।
चार्ज गर्दा कारहरूमा औसत ७० पैसा, एसयूभीहरूमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरूमा एक रुपैयाँ २० पैसा प्रतिकिलोमिटर खर्च लाग्ने छ । नेपालमा उपलब्ध गाडीहरूमा रहेको ब्याट्री क्षमताअनुसार कम्तीमा आधा घण्टादेखि एक घण्टासम्ममा चार्ज पूर्ण हुन सक्छ ।
सुर्खेतमा विद्युतीय गाडी चार्ज गर्न मिल्ने दुइवटा स्टेसन संचालन
सुर्खेतमा विद्युतीय गाडी चार्ज गर्न मिल्ने दुइवटा स्टेसन संचालन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
