सुर्खेत । प्रतिनिधिसभा सदस्य हृदयराम थानीले भेरी पम्पिङ आयोजनाको काम छिटो अगाडी बढाउन माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद थानीले वीरेन्द्रनगरमा खानेपानी समस्याका कारण नागरिकहरुले हैरानी बेहोरेको भन्दै भेरी पम्पिङ आयोजना काम अगाडी बढाएर खानेपानीको समस्या तत्काल समाधान गरिदिन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
आर्थिक बर्ष २०७३÷७४ देखि यो आयोजनाको काम शुरु भएपनि हालसम्म पनि पुरा हुन नसकेको भन्दै संघिय खानेपानी मन्त्रालयले वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा टेण्डर प्रक्रियामा लैजान माग गर्नुभएको हो । “सुर्खेतको वीरेन्द्रनगरको खानेपानी समस्या समाधान गर्न आर्थिक बर्ष २०७३÷०७४ देखि काम शुरु भएतापनि हालसम्म काम सम्पन्न हुन सकेको छैन,” उहाले भन्नुभयो, “खानेपानी मन्त्रालय अनि विभागले वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा छिटोभन्दा छिटो भेरीको लिफ्ट गर्नका लागि टेण्डर पक्रियामा लैजान माग गर्दछु ।”
यस्तै, सांसद थानीले कोहलपुर सुर्खेत ३३ केभीए प्रशारण लाइन हालसम्म पनि अपग्रेट हुन नसक्दा कर्णालीका आधा जनसंख्या विद्युतिय समस्यामा रहेको भन्दै यो समस्या समाधानको लागि १३२ केभीए प्रशारण लाइनको काम चाँडो सक्न माग गर्नुभयो ।
“२०४५ सालदेखि संचालित ३३ केभीए विद्युत प्रशारण लाइन हालसम्म पनि अपग्रेट हुन सकेको छैन, प्रशारण लाइन अपग्रेट नभएकै कारण कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुमपश्चिमका नागरिकले कम भोल्टेजका कारण हैरानी खेप्दै आएका छन् ।” उहाले भन्नुभयो, “२०७७ सालमा शुरु भएको १३२ केभीए प्रशारण लाइनको काम चाडो सक्न सम्बिन्धित मन्त्रालय र विद्युत प्राधिकरणले ध्यान दिवस् भन्ने माग राख्दछु ।”
यसैबिच, प्रतिनिधिसभा सदस्य सुर्यकुमारी श्रेष्ठले दैलेखका विभिन्न स्थानीय तहमा बँदेल आतंक बढेको भन्दै नियन्त्रणका लागि सरकारलाई पहल गर्न आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद श्रेष्ठले दैलेखका दुल्लु, महाबु, भैरवी लगायतका विभिन्न स्थानमा स्थानीय किसानले लगाएको मकैबाली नष्ट गरेकाले किसानहरु मर्कामा परेको बताउनुभयो ।
साथै उहाले बदेल नियन्त्रणमा सरकारको ध्यान जानुपर्ने समेत माग गर्नुभयो ।
भेरी पम्पिङ आयोजनाको काम छिटो अगाडी बढाउन सांसद थानीको माग
भेरी पम्पिङ आयोजनाको काम छिटो अगाडी बढाउन सांसद थानीको माग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
