सुर्खेत । निजामती सेवा ऐन अहिलेसम्म नबन्दा काम गर्न समस्या भएको निजामती कर्मचारीहरुले बताएका छन् ।
निजामती सेवा दिवस्को अवसरमा कर्णाली प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा बोल्दै निजामती कर्मचारीहरुले संघियता कार्यान्वयनमा गइसक्दा पनि निजामती सेवा ऐन नबन्दा आफुहरुलाई काम गर्न समस्या भएको बताएका हुन् ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सचिव आनन्द सारुले निजामती सेवा ऐन ल्याउन ढिलाईकै कारण काम गर्न समस्या रहेको बताउनुभयो ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाङ्गीले विकासका कामलाई अगाडी बढाउन कर्मचारीहरुको भुमीका धेरै हुने भन्दै कर्मचारीहरुको कार्यसम्पादन राम्रो बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।
उहाले विगतमा नेपालभन्दा कम प्रतिव्यक्ती आय भएको चिन आर्थिक हिसावले धेरै अगाडी बढीसकेको भन्दै नेपाललाई पनि तिव्र आर्थिक गतिमा लैजान कर्मचारी र जनप्रतिनिधिहरु एकताबद्ध भएर लाग्नुपर्ने सुझाव दिनुभयो ।
यस्तै, आधिकारिक ट्रेड युनियनका अध्यक्ष लाल बहादुर खत्रीले व्यवस्था नयाँ ल्याएको भन्दै अवस्था भने पुरानै रहेको बताउनुभयो । उहाले ६८ बर्षसम्म पनि निजामती सेवा ऐन बन्न नसक्दा काम गर्न कर्मचारीहरुलाई काम गर्न समस्या रहेको बताउनुभयो ।
ढिलै भएपनि प्रदेश निजामती सेवा ऐन छलफलमा गएको र संघिय नीजामती सेवा ऐन पनि मन्त्री परिषद्बाट पारित भएर संसदमा लिन लागिएकाले अब समस्याहरु हल हुँदै जाने विश्वास उहाले व्यक्त गर्नुभयो ।
कोभिडको बेलामा काजमा खटाइएका स्वास्थ्यकर्मीहरु अहिले विभिन्न ठाउँमा अलपत्रमा परेको भन्दै यसको समाधानतर्फ पनि ध्यान दिन उहाले आग्रह गर्नुभएको छ ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद साप्कोटाले निजामती सेवा ऐन आउन नसक्दा काम गर्न अफ्ठेरो रहेको सत्य भएको उल्लेख गर्दै कर्मचारीहरुले पनि नागरिकहरुले दिने सेवाका सन्दर्भमा अलि गम्भिर हुनुपर्ने बताउनुयो ।
उहाले कर्मचारीकै कारण बजेट समयमै खर्च हुन नसकेको भन्ने आरोप लाग्ने गरेको भन्दै यो आरोपलाई चिर्नेगरी काम गर्न सबै कर्मचारीहरुलाई अनुरोध गर्नुभयो ।
समृद्धी लागि आ–आफ्नो जिम्मेवारी पुरा गरौँः आर्थिक मामिला मन्त्री सिंह
कार्यक्रममा आफ्ना भनाई राख्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले सफल राज्य बनाउन र समृद्धी हासिल गर्नको लागि स्थायी सरकारको रुपमा रहेको कर्मचारीहरुको भुमीका धेरै हुने बताउनुभएको छ ।
देश कर्मचारीको कारण विग्रिएको भन्ने गरिएको बताउँदै मन्त्री सिंहले कर्मचारीका कारण मात्रै नभई यसमा राजनितिककर्मीको पनि उत्तिकै कमजोरी रहेको बताउनुभयो ।
कर्मचारीहरुले राजनितिक आग्रह पूर्वाग्रह राखेर काम गर्न नहुनेमा जोड दिँदै मन्त्री सिंहले त्यसमा राजनितिक नेतृत्व र जनप्रतिनिधिहरुले पनि हस्तक्षेप गर्न नहुनेमा जोड दिनुभयो । उहाले कर्णालीको समृद्धीको लागि सबै क्षेत्रको भुमीका महत्वपूर्ण रहेको बताउनुभयो ।
प्रदेश निजामती सेवा ऐन चाँडै पास हुन्छः कार्यवाहक मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका कार्यवाहक मुख्यमन्त्री एवम भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मंगल बहादुर शाहीले प्रदेश सरकारले निजामती सेवा ऐन ल्याएर छलफलको लागि समितिमा पठाएको भन्दै छिट्टै यो ऐन आउने बताउनुभयो ।
उहाले प्रदेश निजामती ऐन आएपछि कर्मचारीहरुलाई काम गर्न सहज हुने बताउनुभयो । कर्णाली सबैभन्दा पछाडी छ भनेर भन्ने गरिएको भन्दै उहाले यहाँको श्रोत साधनको प्रयोग गरे मात्रै देशकै समृद्धी आधार बन्ने दाबी गर्नुभयो । त्यसको लागि काम गर्ने शैलिमा परिवर्तन गर्नुपर्नेमा उहाको जोड छ ।
यसैबिच, प्रदेश सरकारले ११ जना कर्मचारीलाई सम्मानित र पुरस्कृत गरेको छ । दिवसका अवसरमा गरिएका कार्यक्रमा सर्वोउत्कृष्ट, उत्कृष्ट र निजामती सेवा गरी ११ जनालाई पुरस्कृत गरेको हो ।
समृद्धी हासिल गर्न काम गर्ने शैलि परिवर्तन गर्न मन्त्रीहरुको सुझाव
समृद्धी हासिल गर्न काम गर्ने शैलि परिवर्तन गर्न मन्त्रीहरुको सुझाव
"निजामती सेवा ऐन चाँडो ल्याउन कर्मचारीहरुको माग "

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु