सुर्खेत । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारविरुद्ध उभिन सक्ने एक मात्र पार्टी राप्रपा भएको दाबी गर्नुभएको छ ।
पार्टीको प्रशिक्षण कार्यक्रममा लागि सुर्खेत आएका नेता लिंगदेलले शुक्रबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यस्तो बताउनुभएको हो ।
लिङ्देनले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्ध चालेको कदमप्रति राप्रपाको समर्थन रहेको बताउनुभयो । ‘सरकारलाई स्याबासी नै दिनुपर्ने अवस्था आएको छैन,’ उहाले भन्नुभयो,‘ बरु सरकारले जरैदेखि उखेल्छ भने सरकारलाई राप्रपाले समर्थन मात्र होइन सरकारलाई अफ्ठेरो पर्दा समर्थन र सत्ता टिकाउन पनि सहयोग गर्छ ।’ उहाले कोशी प्रदेशको सरकार निर्माणको विषयलाई लिएर बार्गेनिङ गरिरहेको विषयमा सत्यता नरहेको दावी गर्नुभयो ।
भ्रष्टाचारविरुद्ध उभिने पार्टी राप्रपा होः अध्यक्ष लिङ्देन
भ्रष्टाचारविरुद्ध उभिने पार्टी राप्रपा होः अध्यक्ष लिङ्देन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
