सुर्खेत । सुर्खेतमा पत्रकारिता गर्दै आएका चिन्तामणी कंडेलले आफ्नो जन्मदिनको अवसरमा अक्षय कोष स्थापना गर्नुभएको छ ।
नेपाल प्रेस युनियन सुर्खेत शाखाबाट वितरण हुनेगरी पत्रकार कंडेलले १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षय कोष स्थापना गर्नुभएको हो ।
पत्रकार कंडेलले उक्त अक्षय कोषमा जम्मा गर्ने गरी एक लाख ११ हजार एक सय ११ रुपैयाँको चेक प्रेस युनियन सुर्खेतका अध्यक्ष मधुवन विसीलाई हस्तान्तरण गर्नुभयो ।
चेक हस्तान्तरणपछि बोल्दै उहाले उक्त अक्षय कोषबाट प्रत्येक बर्ष एकजना क्रियाशिल पत्रकारलाई पुरस्कृत गर्ने समेत बताउनुभएको छ । मैले १८ बर्षदेखि पत्रकारिता गर्दै आएको छु । उहाले भन्नुभयो, “पत्रकारिता क्षेत्रमा क्रियाशिल व्यक्तीहरुका पिडा र समस्या मलाई थाहा छ, अझै कर्णालीमा पत्रकारिता गर्न झनै समस्या छ, त्यसैले मैले यो अक्षय कोषबाट थोरै भएपनि क्रियाशिल पत्रकारलाई पुरस्कृत गर्न चाहान्छु, सम्मानित गर्न चाहान्छु ।”
पत्रकार कंडेल सुर्खेतका विभिन्न मिडियामा १८ बर्षदेखि काम गर्दै आउनुभएको छ । अहिले उहाले आफ्नै स्वामित्वमा संचालित दर्शन खवर मिडिया संचालन गरिरहनुभएको छ ।
यस्तै, नेपाल प्रेस युनियन सुर्खेतका अध्यक्ष विसीले पत्रकारिता क्षेत्रमा लागेका व्यक्तीहरुलाई यो अक्षय कोषबाट दिइने पुरस्कारले प्रोत्साहन मिल्ने भन्दै पत्रकार कंडेलको उच्च प्रशंसा गर्नुभयो ।
सुर्खेतमा पत्रकारले नै पत्रकारका लागि स्थापना गरेको यो पहिलो ठुलो धनराशीको अक्षय कोष हो ।
पत्रकार चिन्तामणी कंडेलद्वारा एकलाख ११ हजारको अक्षय कोष स्थापना
पत्रकार चिन्तामणी कंडेलद्वारा एकलाख ११ हजारको अक्षय कोष स्थापना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
