सुर्खेत । मानसिक स्वास्थ्य सम्बन्धि समस्या बढ्दै गएको भन्दै नागरिकहरुलाई सचेत बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
विश्व आत्महत्या रोकथाम दिवस्को अवसरमा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले वीरेन्द्रनगरमा गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
अन्य क्षेत्रजस्तै मानसिक स्वास्थ्यको क्षेत्रमा समेत सरकारले प्राथमिकता राख्नुपर्नेमा जोड दिँदै उनिहरुले सरकारले गाउँ गाउँसम्म जनचेतनामुलक कार्यक्रम संचालन गर्नुपर्ने उनिहरुको सुझाव छ ।
प्रदेश अस्पतालमा कार्यरत मनोचिकित्सक सुशिल समदर्शीले पछिल्लो समय मानसिक स्वास्थ्य सम्बन्धी समस्या बढ्दै गएको भन्दै उदासिनता र चिन्ता रोगीहरु समेत बढ्दै गएको बताउनुभयो ।
उहाले अबको १० बर्षमा हरेक घरमा मानसिक समस्या हुन सक्ने भन्दै अहिलेदेखि नै त्यही अनुसारको रणनीति अबलम्बन गरेर योजना बनाउन सुझाव दिनुभयो ।
अन्य क्षेत्र जस्तै मानसिक स्वास्थ्यको क्षेत्रमा समेत लगानी बढाउन आवश्यक रहेको औँल्याउँदै उहाले गाउँ गाउँका स्वास्थ्य चौकीसम्म मानसिक स्वास्थ्य सम्बन्धीको सेवा संचालन गर्नुपर्ने उहाको सुझाव छ । आर्थिक अवस्था, वेरोजगारी समस्या लगायतका कारण मानिसहरु मनोरोगमा पर्ने गरेको भन्दै यसको निराकरणको लागि सरकारी तवरबाटै पहल हुनुपर्नेमा जोड दिनुभयो ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रका शक्ती प्रसाद सुवेदीले मनोसामाजिक समस्या समाधानको लागि सामाजिक विकास मन्त्रालयबाट विभिन्न क्रियाकलाप भएपनि अझै बढाउनुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।
यस सम्बन्धिका कार्यक्रम गाउँ गाउँसम्म लैजान साझेदार संस्थाहरुले समेत सहयोग गरिरहेको उहाले जानकारी गराउनुभयो ।
कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृश बहादुर शाहीले मानसकि स्वास्थ्यलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको भन्दै यसमा विभिन्न साझेदार संस्थाहरुले पनि सहयोग गरिरहेको बताउनुभयो ।
उहाले हरेक स्वास्थ्य चौकीसम्म मनोबिमर्षकर्ता र मनोचिकित्सक राख्ने सरकारको योजना भएपनि श्रोत अभाव रहेको समेत जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल, टिपोओ नेपालका शर्मिला विसी र सिएमसी नेपालका सुमिता मल्लले मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनाका कार्यक्रम सबै टोल र गाउँसम्म पुर्याउनुपर्नेमा जोड दिनुभएको थियो ।
मानसिक स्वास्थ्य सम्बन्धि समस्या बढ्दै गयो, सचेतनाका कार्यक्रम संचालन गरौँः सरोकारवाला
मानसिक स्वास्थ्य सम्बन्धि समस्या बढ्दै गयो, सचेतनाका कार्यक्रम संचालन गरौँः सरोकारवाला

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु