सुर्खेत । प्रहरीले विभिन्न मुद्दामा अदालतले कैद सजाय तोकिएका तर फरार रहेका तीन जनालाई पक्राउ गरेको छ । सुर्खेत प्रहरीले वीरेन्द्रनगर, मेहलकुना र रुकुमपश्चिम प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।
बैंकिङ कसुर मुद्दाका फरार रहेका वीरेन्द्रनगर–६ का ३५ वर्षीय पुनम कोहरीलाई पक्राउ गरेको छ । उहा विरुद्द जिल्ला अदालत सुर्खेतमा मुद्दा चलिरहेको प्रहरीले जनाएको छ ।
यस्तै, वीरेन्द्रनगर–४ शहिद पार्कबाट लागू औषध मुद्दामा फरार रहेका २९ वर्षीय लक्ष्मण भनिने तारा विकलाई पक्राउ गरेको छ । सात महिना ११ दिन कैदा सजाय फैसला अदालतले गरेपनि उनी लामो समयदेखि फरार रहेको प्रहरीको भनाई छ ।
विक विरुद्ध अदालतले २०७९ चैत्र १२ गते लागु औषध ब्राउन सुगर मुद्दामा कैद सजायको फैसला गरेको हो ।
यता, रुकुम पश्चिम अदालतले २ बर्ष ११ महिना ५ दिन कैद सजाय र १५ हजार जरिवना तोकेका हरीबहादुर बुढा पनि पक्राउ परेका छन् ।
आठविसकोट नगरपालिका–८ दाँजे बस्ने ३३ वर्षी बुढालाई ईलका प्रहरी कार्यालय आठविसकोट प्रहरीको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकालाई अदालतमा उपस्थिति गराइसकिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
चार जना फरार अभियुक्त पक्राउ
चार जना फरार अभियुक्त पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
