सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका नागरिकको मानवअधिकार हनन् गरिबीका कारण भएको बताउनुभएको छ ।
स्वीट्जरल्याण्ड भ्रमण गरी फर्किए पश्चात आइतबार संसदमा जानकारी गराउँदै शर्माले यस्तो बताउनुभएको हो । शर्माले कर्णालीको बारेमै रहेर वृहत छलफल भएको बताउनुभयो ।
स्वीट्जरल्याण्डको जुरिचमा अन्तराष्ट्रिय मानवअधिकार आयोग, अन्तर सरकार संस्थाको आयोजनामा सम्पन्न लगानी सहकार्यको विषयमा कार्यक्रममा सहभागी उनले भ्रमण सोचेभन्दा राम्रो र उत्साहजनक रहेको बताउनुभयो ।
शर्माले उक्त संस्थाले कर्णाली सरकारसँग सहकार्य गर्न उत्साहित रहेको पनि बताउनुभयो । स्वीट्जरल्याण्ड भ्रमणको विषयमा भएको छलफलको रिपोर्ट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गरिएको उहाले बताउनुभयो ।
गरिबीका कारण मानवअधिकार हनन् भयोः मुख्यमन्त्री शर्मा
गरिबीका कारण मानवअधिकार हनन् भयोः मुख्यमन्त्री शर्मा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु