सुर्खेत । माछा मार्न कर्णाली नदीमा गएका एक बालकको सात घण्टापछि उद्दार गरिएको छ ।
हुम्ला र मुगु जिल्लाको बिचमा पर्ने कर्णाली नदीमा आइतबार दिउँसो ४ बजेदेखि फसेका बालकको मध्यराती उद्दार गरिएको हो ।
सोरु गाउँपालिका–४ लिबरु बस्ने १५ वर्षीय ईबु छत्याल माछा मार्न गएको बेला कर्णाली नदीले बगाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
उहालाइ नदीले बगाएर अदानचुली गाउँपालिका–१ को मकै र मुगु जिल्लाको बिच नदीको टापुमा फस्नुभएको थियो । फसेको खवर पाए लगत्तै अस्थायी प्रहरी चौकी तुम्चबाट खटिएका प्रहरी सहायक निरीक्षक खडकबहादुर थापासहित टोली र स्थानीयको सहयोगमा आइतबार ११ बजे सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ ।
माछा मार्न कर्णाली नदीमा गएका एक बालकको सात घण्टापछि उद्दार
माछा मार्न कर्णाली नदीमा गएका एक बालकको सात घण्टापछि उद्दार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु