सुर्खेत । कर्णालीमा अहिलेपनि करिब २६ हजार बालबालिकाले जन्म दर्ता नभएको पाइएको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा जम्मा २ लाख ४ हजार ६ सय ३८ जना बालबालिका ५ बर्ष मुनीका छन् । जनगणनाको तथ्याङ्क अनुसार २५ हजार ९ सय ९० जना बालबालिकाको जन्म दर्ता नभएको हो ।
जन्म दर्ता गराएका ८७.३ प्रतिशत बालबालिकामध्य बालकभन्दा ०.७ प्रतिशत बालिका धेरै रहेको तथ्याङ्कमा जनाइएको छ ।
कर्णालीमा सबै बालबालिकाको जन्मदर्ता नहुनुको कारण सचेतनाको अभावका कारण भएको सरोकारवालाहरु बताउछन् ।
बालअधिकारकर्मी नवराज विसीले आफ्ना छोराछोरीको समयमै जन्मदर्ता गराउनुपर्छ भन्ने अज्ञानता रहेको बताउनुभयो । उहाले बुवा पत्ता नलागेका बालबालिको पनि जन्म दर्ता गर्न सकिने भएपनि त्यस्ता बालबालिकाको जन्म दर्ता नगर्ने गरिएको बताउनुभयो ।
सरकारी तवरबाट कोही पनि बालबालिका जन्मदर्ता गर्नबाट बञ्चित नहुन भनेर नीति नियमहरु आएको भएपनि त्यसको व्यवहारिक कार्यान्वयन हुन नसकेको भन्दै उहाले यो कार्यान्वयनमा स्थानीयत सरकारको भुमीका धेरै हुने सुझाव दिनुभयो ।
यता, कर्णाली प्रदेश सरकारले जन्मदर्ता गर्न पाउनु बालबालिकाको अधिकार भएको भन्दै अहिले पनि जन्मदर्ताको बारेमा सबै नागरिक जानकार हुन नसकेको बताएको छ ।
सामाजिक विकास मन्त्रालयले जन्मदर्ताबाट छुटेका बालबालिकाहरुको कारण पत्ता लगाई त्यहीअनुसारको सचेतनाका कार्यक्रम संचालन भइरहेको जनाएको छ ।
मन्त्रालयका महिला बालाबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख अनिता ज्ञवालीले सबै बालबालिकाको जन्मदर्ता गराउनुपर्छ भनेर विभिन्न सचेतनाका कार्यक्रम संचालन गरिएको बताउनुभयो । उहाले जन्मदर्ता सम्बन्धि कानुनी जानकारी पनि दिने गरिएको बताउनुभयो ।
यसैबिच, कर्णालीमा उद्योगहरुको संख्या पनि न्युन रहेको पाइएको छ । जनगणनाको तथ्याङ्क अनुसार कर्णालीमा उद्योग धन्दा कलकारखानाहरु ०.२ प्रतिशत मात्रै रहेको देखिन्छ । जसले गर्दा स्वरोजगार र उत्पादन कमजोर भएको सरोकारवालाहरु बताउछन ।
सरकारले उद्योगमा लगानी गर्ने वातावरण सिर्जना गर्न नसकेको सरोकारवालाहरु बताउछन् । प्रदेश सरकारले भने प्रदेशमा उद्योगमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्दै आएको छ ।
कर्णालीका अहिलेपनि करिब २६ हजार बालबालिकाको जन्म दर्ता हुन बाँकी
कर्णालीका अहिलेपनि करिब २६ हजार बालबालिकाको जन्म दर्ता हुन बाँकी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु