सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका किसानहरुलाई लक्षित गरेर यो बर्ष १७ प्रकारका अनुदान दिने भएको छ ।
निर्देशनालयले जारी गरेको सुचनाअनुसार चालु आर्थिक बर्ष २०८०÷८१ को स्वीकृत कार्यक्रम अन्तरगत १७ प्रकारका अनुदान किसानलाई दिने भएको हो ।
कृषि व्यवसायमा लागेका कृषक समुह, कृषि सहकारी, उद्यमी र निजी फर्म संचालन गरिरहेका किसानहरुले आवेदन दिन सक्ने प्रदेश कृषि निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले लक्षित वर्ग आयआर्जन कार्यक्रम अन्तरगत दलित महिला र पछाडी पारिएका वर्गहरुको लागि कृषि अनुदान दिइने छ ।
त्यसैगरी, कृषि अनुदान अन्तरगत फरक क्षमता भएका समुदाय लक्षित आयमुलक कार्यक्रम, दलहन बालीका प्रवद्र्धन कार्यक्तम, खाद्यन्नबाली क्षेत्रविस्तार धान १५० हेक्टर गहुँ हेक्टर उन्नत विउमा सहयोग कार्यक्रम रहेको छ ।
यस्तै, व्यवसायमा उत्पादनमा आधारित प्रोत्साहन अनुदान, खाद्यन्न बालि बिऊ उत्पादन कार्यक्रम, मौरी पालन, च्याउ खेती उत्पादन प्रवद्र्धन कार्यक्रममा समेत अनुदान दिइने प्रदेश कृषि निर्देशनालयका निमित्त निर्देशक चित्र बहादुर रोकायले जानकारी दिनुभयो ।
उहाका अनुसार निर्देशानलयले जग्गा भाडा तथा विद्युत महशुलमा समेत अनुदान दिने छ । बेरोजगार कृषि प्राविधिकहरुको छनौट, अभिमुखिकरण तथा लागत सहभागितामा समेत अनुदान दिइएको उहाले जानकारी दिनुभयो ।
अनुदानको लागि संस्था तथा फर्म दर्ता भएको हुनुपर्ने, कृषि व्यवसाय गर्ने अनुसुचि अनुसारको विवरण लगायतका कागजात चाहिने निर्देशनालयको सुचनामा उल्लेख छ ।
यता, सरोकारवालाहरुले भने वास्तविक किसानहरुले नभई बिचौलियाको हातमा अनुदान लगायतका सरकारी कृषि कार्यक्रमहरु जाने गरेको गुनासो गरेका छन् ।
उनिहरुले कागजजातको नाममा कृषकहरुको पहुँचमा पुग्न नसक्नेगरी सरकारी कार्यक्रम आउने गरेको भन्दै यसलाई सहज बनाउन सुझाव समेत दिएका छन ।
कर्णाली प्रदेश सरकारले कृषकलाई १७ प्रकारका अनुदान दिने
कर्णाली प्रदेश सरकारले कृषकलाई १७ प्रकारका अनुदान दिने

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु