दैलेख । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्णबहादुर बीसीले जनप्रतिनिधिहरुले साझा व्यक्ति भएर काम गर्न आग्रह गर्नुभएको छ । जिल्ला समन्वय समिति दैलेखले शनिवारदेखि सुरु गरेको दुई दिने प्रगति समीक्षा कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो ।
मन्त्री विसीले धेरै भनाई खाएर जिल्लामा पारिएका विकास योजनाहरुमा पारदर्शी र गुणस्तर समस्या देखिएको औंल्याउदै लक्षित वर्गको जीवनस्तर उठाउन राष्ट्रसेवक कर्मचारीहरुको इमान्दार सहयोग चाहिएको उहाँको आग्रह छ ।
कर्णाली प्रदेश सरकारले एक वर्षमा दश हजार व्यक्तिलाई स्वरोजगार दिलाउने, कृषि खेतीलाई आधुनिक प्रणालीमा पहुँच बढाउने, कर्णालीको पहिचानका रैथाने बालीको प्रवद्र्धन लगायतका रचनात्मक काम गर्न लागेकोले राजनीतिक नेतृत्व र नागरिक समाजको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।
११ वटै पालिकाका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृत लगायत दैलेखको विकासे काममा गरिरहेका सरकारी तथा गैरसरकारी निकायले अघिल्लो आर्थिक वर्ष २०७९÷०८० अवधिमा भए गरेका विकास गतिविधि, अनुभव र सिकाईका आधारमा आगामी कार्यक्रम प्रभावकारी बनाउन प्रगति समीक्षा कार्यक्रम राखिएको जिल्ला समन्वय अधिकारी रेशमबहादुर बुढाको भनाई छ ।
जिल्ला समन्वय समितिका प्रमुख नवराज शाहीको अध्यक्षता भइरहेको दुई दिने प्रगति समीक्षा कार्यक्रममा दैलेलख क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य अम्मरबहादुर थापा, कर्णाली प्रदेश सदस्य इन्द्रा शाही, जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, विकास साझेदारहरुको उपस्थिति छ ।
जनप्रतिनिधिहरु साझा व्यक्ति भएर काम गर्नुपर्छः मन्त्री विसी
जनप्रतिनिधिहरु साझा व्यक्ति भएर काम गर्नुपर्छः मन्त्री विसी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु