जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ बुम्रामाडिचौरको हिमा नदी माथिको ट्रस पुल बाढीले क्षति पु¥याउँदा आवतजावत ठप्प भएको छ । पुल बगाएपछि निकै समस्या भएको स्थानीयले बताएका छन् ।
पुल नहुँदा बुम्र, धुनौली र सिफ्टीका स्थानीय नराम्ररी प्रभावित बनेको वडाध्यक्ष भीमबहादुर भण्डारीले बताउनुभयो । उहाका अनुसार तीन वर्ष पहिले पुल बनेको थियो ।
अहिले घाँस, दाउरा, स्याउला ल्याउन र गाईवस्तु चराउन निकै कठिन भएको छ । खेतीयोग्य जमिनमा पनि त्यही पुल तरेर जानुपर्ने भएकोले समस्या भएको स्थानीय खड्ग कठायतले दुखेसो पोख्नुभयो ।
नजिकै पुल नभएकोले तत्काल पुल बनाउन पहल गर्न स्थानीयले माग गरेका छन् ।
वडाध्यक्ष भण्डारीले पुल तत्काल पुनर्निर्माण गर्न सकिने अवस्था नरहेको बताउँनुभयो ।
बाढीले क्षति पु¥याउँदा आवतजावत ठप्प
बाढीले क्षति पु¥याउँदा आवतजावत ठप्प
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु