सुर्खेत । कर्णाली प्रदेश सरकारले घरघरमा दिप प्रज्वलन गरी संविधान दिवस मनाउन प्रदेशवासीलाई अनुरोध गरेको छ ।
जनताको लामो त्याग र तपस्यापछि संविधान जारी भएको दिनको सम्झनामा भोली असोज ३ गते प्रदेशबासीलाई घर घरमा दिप प्रज्वलन गरी मनाउन अनुरोध गरेको हो ।
घर टोल र सार्बजनिक स्थलमा सरसफाई गरि हर्सउल्लासका साथ दिवस मनाउने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा ११ सदस्यीय प्रदेश स्तरिय संविधान दिवस मुल आयोजक समिति समेत गठन गरि दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु गरिने छ ।
दिवस्का अवसरमा तिनदिनसम्म विभिन्न कार्यक्रमहरु प्रदेश सरकारले गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।
भोली बिहान ७ बजे वीरेन्द्रनगरको मंगलगढी चौकबाट प्रभावतफेरी निकालिने र ८ बजेदेखि जिल्ला समन्वय समितिको हलमा मुल समारोहको आयोजना गरिने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निर्मला रेग्मीले जानकारी दिनुभयो ।
प्रदेश सरकार अन्तरगतका सबै कार्यालयहरुमा राष्ट्रिय झण्डा एवम दिवस केन्द्रीत व्यानर सजावट गर्नुका साथै सरसफाई र विभिन्न कार्यक्रमहरु संचालन गरिने जनाइएको छ ।
