हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाले पालिका मातहतका विद्यालयलाई नियमित पठनपाठन गराउन निर्देशन दिएको छ ।
गाउँपालिकाले एउटा सूचना निकालेर सार्वजनिक बिदाका दिनबाहेक अन्य दिनमा नियमित पठनपाठन गराउन मावि, निमावि र आधारभूत विद्यालयलाई निर्देशन दिएको हो ।
संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूको सेवा, सुरक्षा र वृत्ति विकास लगायतका हकहितका विभिन्न महत्त्वपूर्ण विषयमा भएको अस्पष्टताविरुद्ध देशभरका विद्यालय बन्द गरेर शिक्षकहरूले आन्दोलन गर्न थालेपछि विद्यालय बन्द नगर्न गाउँपालिकाले सूचना निकालेको हो ।
शिक्षकले उठाएका विभिन्न माग र आवाज एकदमै यथार्थपरक तथा जायज भए पनि बालबालिकाको अध्ययन गर्न पाउने नैसर्गिक अधिकारलाई ध्यानमा राखी पठनपाठनको कार्यलाई गम्भीरतापूर्वक लिन विज्ञप्तिमा भनिएको छ ।
नियमित पठनपाठन गराउन हुम्लाको नाम्खा गाउँपालिकाको निर्देशन
नियमित पठनपाठन गराउन हुम्लाको नाम्खा गाउँपालिकाको निर्देशन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु