सुर्खेत । नेत्रहीन युवा संघ सुर्खेतको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुद्वारा संचालित संस्थाहरूका प्रतिनिधिहरूका बिचमा यौन तथा प्रजनन सम्वन्धी अभिमुखिकरण तालिम वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ ।
तालिमको सहजिकरण राष्ट्रिय अपाङ्ग महासंघका पूर्व महासचिव राजु बस्नेतले गर्नु भएको थियो । तालिमका क्रममा दिगो विकासका लक्ष्य र अपाङ्गता भएका व्यक्तीहरूको महासन्धिका विभिन्न धाराहरूमा स्पष्ट रुपमा उल्लेख गरिएका प्रावधानहरूको जानकारी गराइएको थियो ।
तालिमको क्रममा नेत्रहीन युवा संघ केन्द्रिय कार्यालयका परियोजना संयोजक निलु महर्जनले संस्थाले बिगतदेखि नै यौन तथा प्रजननको क्षेत्रमा काम गरेतापनि आशातित रुपमा उपलब्धि हाँसिल गर्न नसकेको बताउनु भएको थियो ।
त्यस्तै नेत्रहीन युवा संघ सुर्खेतका उपाध्यक्ष उत्तम बि.कले आफूहरूले सुर्खेत जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरूमा अपाङ्गता भएका व्यक्तीहरूको यौन तथा प्रजनन सम्वन्धी अधिकारमा आधारित विभिन्न सवालहरूमा केन्द्रित रही वकालत तथा पैरवी गर्दै आएको बताउनु भएको थियो।
तालिमको समापन गर्दै संस्थाका अध्यक्ष शेर बहादुर वलीले संस्थाले आगामी दिनहरूमा यौन तथा प्रजनन सम्वन्धी सवालहरूमा आपाङ्गता भएका व्यक्तीहरूलाई सुसुचित गराउनुपर्ने र सरकारी निकायहरूमा यस सम्वन्धी वकालत तथा पैरवीलाई विशेष जोड दिनु पर्ने बताउनु भएको थियो।तालिम निकै फलदायी भएको सहभागीहरूले बताएका छन ।
यौन तथा प्रजनन सम्वन्धि अभिमुखिकरण तालिम सम्पन्न
यौन तथा प्रजनन सम्वन्धि अभिमुखिकरण तालिम सम्पन्न

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु