सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न ठाउँमा पर्यटकीय केन्द्रहरुमा नमुना वस्ती निर्माण गर्ने भएको छ ।
आफ्नो बजेट कार्यक्रममा नै कर्णालीका विभिन्न पर्यटकीय ठाउँहरुमा नमुना वस्ती निर्माण गर्ने योजना अगाडी सारेको हो । संघिय सरकारसँगको सहकार्यमा नमुना वस्ती निर्माण गरिने जनाइएको छ ।
जस अन्तरगत सङ्घीय सरकारसँगको संयुक्त लगानीमा डोल्पाको शे–फोक्सुण्डो ताल किनारमा रहेको प्राचीन बस्ती रिङ्मोलाई बौद्ध कला र संस्कृतिको अनुपम बस्तीको रूपमा रूपान्तरण गर्ने योजना अगाडी सारिएको छ ।
नेपालको अद्वितीय प्राकृतिक तथा धार्मिक पर्यटकीय केन्द्रको रूपमा विकास गर्न रिङ्मो बस्ती विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । जसका लागि १० करोड बजेट विनियोजन गरिएको सरकारले जनाएको छ ।
यस्तै, सङ्घ तथा प्रदेश सरकारको सह–लगानीमा हुम्लाको सदरमुकाम सिमकोटको पूर्वाधार विकास गरी मानसरोवर तथा कैलाशद्वारको रुपमा थप विकास गर्नेगरी कार्यक्रम संचालन गरिने प्रदेश सरकारले जनाएको छ ।
नेपालको एक आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न हुम्लाको खार्पु सिमकोट (मानसरोवर प्रवेशद्वार)मा पनि नमुना एकीकृत पूर्वाधार विकास कार्यक्रमका संचालन गरिने छ भने त्यहाँ नमुना वस्ती निर्माण गरिने जनाइएको छ । त्यसका लागि १८ करोड बजेट विनियोजन गरिएको छ ।
यसैबिच, प्रदेश सरकारले सङ्घीय सरकारको सहकार्यमा दलित, विपन्न र सीमान्तकृत तथा अल्पसङ्ख्यक समुदायको आवास, निर्माणमा सहयोग गर्न सञ्चालित जनता आवास कार्यक्रमलाई अझै प्रभावकारी बनाउनेगरी काम थालनी हुने दाबी गरेको छ ।
सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले कर्णाली प्रदेश सरकारका मन्त्रालयहरूको एकीकृत तथा आधुनिक भवन निर्माण गर्ने सरकारको लक्ष्य छ । प्रदेशभित्र सुरक्षित, व्यवस्थित र वातावरणमैत्री एवम् अपाङ्गमैत्री भवन निर्माण गर्नको लागि भवनसँग सम्बन्धित कानुन, संहिता तथा मापदण्ड तर्जुमा कार्य शुरु गरिएको छ ।
कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासका लागि यो बर्ष १० अर्ब ११ करोड ४२ लाख विनियोजन गरेको जनाएको छ । तर बर्षेनी काम नभएर रकम फिर्ता हुने गरेको देखिएको छ ।
कर्णाली प्रदेश सरकारले दुइ ठाउँमा पर्यटकीय नमुना वस्ती निर्माण गर्दै, २८ करोड रकम विनियोजन
कर्णाली प्रदेश सरकारले दुइ ठाउँमा पर्यटकीय नमुना वस्ती निर्माण गर्दै, २८ करोड रकम विनियोजन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
