सुर्खेत । नेपाल र चिनबिच हिल्सा सिमिकोट सडक संचालन गर्नेगरी सहमती भएपछि हुम्लामा खुशियाली छाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र चिनियाँ प्रधानमन्त्री ली छ्याङ उपस्थितिमा हिल्सा नाका हुँदै सिमकोटसम्म सडक संचालन गर्ने सहमती भएपछि हुम्लामा खुशीयाली छाएको हो ।
प्रधानमन्त्रीको चिन भ्रमणको बेला आज हिल्सा सिमकोट सडक निर्माण गर्ने सम्बन्धी पत्रमा हस्ताक्षर भएको हो । यो सम्झौता भएपछि समग्रह हुम्लाबासीमा खुशीयाली छाएको जनाइएको छ ।
सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकायले प्रधानमन्त्रीलाई धन्यवाद दिँदै यो सम्झौताले सम्पूर्ण हुम्लाबासी उत्साहित र खुशी भएको प्रतिक्रिया दिनुभयो । हुम्ला अहिलेसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन सकेको छैन् ।
उहाले हिल्सा सिमकोट सडक निर्माण गर्ने सम्झौतासँगै अब यो सम्झौतालाई चाँडै कार्यान्वयनमा लैजान उहाले सरकारलाई सुझाव दिनुभयो ।
कार्यान्वयनपछि मात्रै यो सम्झौताको खास अर्थ रहने भन्दै यसको कार्यान्वयनमा जोड दिनुभयो । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र चिनियाँ प्रधानमन्त्री ली छ्याङ उपस्थितिमा हिल्सा सिमकोट सडक निर्माणसहित १३ बुँदे सहमति भएको छ ।
नेपाल र चिनबिच हिल्सा सिमिकोट सडक संचालन गर्ने सहमती, हुम्लाबासी उत्साहित
नेपाल र चिनबिच हिल्सा सिमिकोट सडक संचालन गर्ने सहमती, हुम्लाबासी उत्साहित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
