सुर्खेत । अन्तरनिर्भर समाज सुर्खेतले युएनडिपीको साझेदारीमा गत एक बर्षमा गुर्भाकोट नगरपालिकामा मात्रै कृषि क्षेत्रमा ३९० जनालाई स्वरोजगारको बाटोमा लगाएको छ ।
नगरपालिकासँगको समन्वयनमा ३५० घरधुरीका ३९० जनालाई कृषि क्षेत्र मार्फत स्वरोजगारको बाटोमा लगाइएको हो ।
विशेष गरेर कोभिड १९ का कारण रोजगारी गुमाएकाहरुको लागि लक्षित गरी २०२२ देखि २०२३ सम्म संचालन गरिएको वातावरणमैत्री दिगो कृषिको माध्यमबाट पुनर्उत्थान परियोजना अन्तरगत ३९० जनालाई स्वरोजगारको बाटोमा लगाइएको जनाइएको छ ।
अन्तरनिर्भर समाजको २४ औँ साधरणसभामा संस्थाका सचिव पदम सुनारले प्रस्तुत गर्नुभएको बार्षिक प्रतिवेदनमा नगरपालिकाभित्रका ४० जनालाई तरकारी टनेल, ५० जनालाई भकारो निर्माण र सुधार ५० जनाई वायोगग्यास निर्माण, एक सय जनालाई बाख्रापालनका लागि सहयोग, एक सय जनालाई खुल्ला तरकारी र सिंचाई कुलोको लागि सहयोग गरिएको बताउनुभयो ।
उहाँका अनुसार २५ जनालाई हाइटेक नर्सरी बनाउन सहयोग गरिएको भन्दै यसमा नगरपालिकाले पनि सहयोग गरेको छ, भने यो कार्यक्रम एक बर्षसम्म संचालन गरिएको थियो ।
यसैबिच, अन्तरनिर्भर समाजले जलवायु परिवर्तन न्युनिकरणको लागि विभिन्न समयमा वृक्षारोपन, पछाडी पारिएका वर्ग र समुदायको उत्थानका लागि विभिन्न क्रियाकलाप गर्दै आएको छ भने आगामी दिनमा यस्ता योजनाहरुलाई अझै प्रभावकारी बनाईने जनाइएको छ ।
बार्षिक आय व्यय रकम प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष पदमा कुमारी शाहीले अन्तरनिर्भर समाजले गत आर्थिक बर्षमा एक करोड ९४ लाख ८२ हजार दुइ सय २२ रुपैयाँको आम्दानी र एक करोड ८८ लाख १५ हजार ८ सय ८१ रुपैयाँ खर्च गरेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै अन्तरनिर्भर समाजका अध्यक्ष बल बहादुर बुढाले आगामी दिनमा पछाडी पारिएका वर्ग, समुदायको पक्षमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै जाने बताउनुभयो । साधरणसभामा संस्थाका सदस्य चन्द्रकला बुढाले स्वागत मन्त्व्य राख्नुभएको थियो ।
अन्तरनिर्भर समाज सुर्खेत मार्फत संचालित परियोजनाबाट करिब चार सय व्यक्ती स्वरोजागार
अन्तरनिर्भर समाज सुर्खेत मार्फत संचालित परियोजनाबाट करिब चार सय व्यक्ती स्वरोजागार

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु