सुर्खेत । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थल विस्तार कार्य अगाडि बढाइनु पर्ने बताउनु भएको छ ।
आज सुर्खेत विमानस्थलमा प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले धावनमार्ग विस्तार गर्ने कुरामा आफु सहमत नै रहेको बताउनुभयो ।
उहाँले सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार कार्य अगाडि बढाउने प्रयास भइरहेको पनि जानकारी दिनुभयो। ‘‘उत्तरतिर विस्तार गर्ने कुरामा समस्या छैन । तर दीर्घकालीन विमानस्थलका रूपमा यो विमानस्थलले धान्न सक्दैन,’’ उहाँल भन्नुभयो, ‘‘अहिलेको विमानस्थललाई विस्तार गर्ने कुरामा विवाद गर्नुपर्ने कुनै कारण छैन ।’’ उपप्रधानमन्त्री खड्काले विकासमा राजनीतिक गर्न नहुने खड्काले बताउनुभयो ।
मदन भण्डारी राजमार्गको बडिचौर बेनिघाटका सडक विस्तारको प्रक्रिया पनी अगाडि बढेको बताउनुहुँदै उहाँले चुनावको समयमा बजेट कार्यान्वयनको विषयमा जनतामाझ आश्वासन दिएका कुरा अगाडि बढेको बताउनुभयो ।
यस्तै सुशासनको मार्गचित्र कोर्ने तयारीमा सरकार लागिरहेको बताउनुभएको छ । रक्षामन्त्री खड्काले बजेट कार्यान्वयनमा सरकारले विशेष ध्यान दिएको बताउनुहु्ँदै कालोबजारीलाई नियन्त्रण गर्ने लगायतका विषयहरूमा अभियानका रूपमै सञ्चालन भइरहेको उल्लेख गर्नुभयो ।
‘उपप्रधानमन्त्री खड्काले प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा गएको उपलब्धि कर्णाली करिडोर चीन सरकारले बनाउने निर्णय भएको बताउनुभयो ।
उहाँले विकास निर्माणका कार्यमा सङ्घ, प्रदेश र स्थानीय तहले समन्वय गरेर अगाडि बढेको जानकारी दिनुभयो । बजेट कार्यान्वयनका प्रक्रियालाई छिटो, छरितो, सरल बनाउनका लागि हुने ढिलासुस्तीलाई सुधार्दै अगाडि बढाउनेबारे पनि सरकार गम्भीर रहेको बताउनुभयो ।
सुर्खेत विमान स्थललको धावन मार्ग बढाउन कुनै समस्या छैनः उपप्रधानमन्त्री खड्का
सुर्खेत विमान स्थललको धावन मार्ग बढाउन कुनै समस्या छैनः उपप्रधानमन्त्री खड्का
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
