सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्णाली प्रदेश प्राकृतिक तथा सांस्कृतिक सम्पदाको धनी हुँदा पनि गतिहिन पार्टीका हातमा सत्ता पुग्दा विकास हुन नसकेको दाबी गर्नुभएको छ ।
नेकपा (एमाले) कर्णाली प्रदेशको प्रथम अधिवेशनलाई आज वीरेन्द्रनगरमा उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले कर्णाली सांस्कृतिक सम्पदाले धनी भएको भन्दै आफ्नो पार्टीको नेतृत्वमा मात्रै विकास सम्भव रहेको दाबी गर्नुभएको हो ।
सुखी नेपाली समृद्ध नेपालको परिकल्पनाका साथ नेकपा एमाले अगाडी बढीरहेको भन्दै उहाले अहिलेको गठबन्धन देश र जनताको विकास समृद्धीभन्दा पनि विदेशीको इसारामा चलिरहेको आरोप लगाउनुभयो ।
अध्यक्ष ओलीले कणाली प्रदेश केही भौगोलिक कठिनाई भएपनि यो प्रदेश कृषि, पशु र माछा पालनको लागि उपयुक्त ठाउँ भएको बताउनुभयो ।
अध्यक्ष ओलीले २०८४ मा एमालेलाई पहिलो पार्टी बनाएर एकल बहुमतिय सरकारको नेतृत्व गर्ने दाबी गर्नुभयो । एमालेलाई बलियो राट्रिय शक्ति बनाएर ८४ को निर्वाचनमा गठवन्धनलाई लुगा धोए झै धोइदिने दावी उहाँको छ ।
वर्तमान गठवन्धन सरकारले देशको स्वाधिनतालाई लमपसार बनाएको उल्लेख गर्दै राष्ट्रिय एकता, स्वाधिनता, सार्वभौमसत्ताको रक्षा, सामाजिक न्यायसहितको समृद्धिका लागि एमालेलाई बलियो राष्ट्रिय शक्ति नबनाएसम्म देशले निकास नपाउने दाबी उहाले गर्नुभयो ।
ओलीले धार्मिक, सांस्कृति र सामाजिक मुल्य र मान्यताका आधारमा देशमा हिन्सात्मक गतिविधि बढ्न थालेको प्रति चिन्ता व्यक्त गर्दै त्यसतर्फ समयमै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
ओलीले कर्णालीमा सहमतीको आधारमा नेतृत्व टुङ्गो लगाउन आग्रह गर्दै विरोधीहरुले छर्ने भ्रमका पछी नलाग्न आग्रह गर्नुभयो ।
उद्घाटन समारोहमा बोल्दै महासचिव शंकर पोख्रेलले देशी विदेशी तत्वहरुले नेकपा विभाजन गरेको भन्दै अहिले पनि आफ्नो पार्टीमाथी घेराबन्दी कायम रहेकाले त्यो घेरालाई चिरेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
यसैबिच, आजदेखि शुरु भएको नेकपा एमालेको अधिवेशनमा १० जिल्ला र मोर्चासंगठन बाट ६०४ जना प्रतिनिधिले भाग लिएका छन् ।
जसअनुसार १९५ जना महिला र ४०७ पुरुष रहनेछन् । अधिवेशनमा सुर्खेतबाट ११२, जाजरकोट ७५, दैलेख ७४, कालीकोट ६५, हुम्ला ४८, जुम्ला ४८, डोल्पा ३९, मुगु ३३, रुकुमपश्चिम २३ गरी ५५४ जना र विभिन्न २२ वटा मोर्चा संगठनका ५० जनाको प्रतिनिधित्व छानिएका छन् ।
अधिवेशनले ५ जना पदाधिकारीसहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछ ।
आउँदो निर्वाचनमा बहुमत ल्याउँछौः अध्यक्ष ओली
आउँदो निर्वाचनमा बहुमत ल्याउँछौः अध्यक्ष ओली
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
