सुर्खेत । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काले नागरिक सु–शासन कायम गर्नेगरी सरकारले कार्यक्रम ल्याउन लागेको बताउनुभएको छ ।
रक्षामन्त्री खड्काले नागरिकलाई केन्द्रमा राखेर एउटा प्याकेजमै कार्यक्रम ल्याउने तयारी गरिहेको उहाको भनाई छ ।
आज पूर्वी सुर्खेतको बोटेचौरमा भेरी कोरिडोर सिँचाई तथा नदी व्यवस्थापन आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै खड्काले यस्तो बताउनुभएको हो ।
यस्तै, नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री समेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको विकास र समृद्धिका लागि प्रधानमन्त्रीको चीन भ्रमणमा महत्वपूर्ण सम्झौताहरु भएको बताउनुभयो ।
उपप्रधानमन्त्री खड्काले ‘विशेष गरी नागरिकहरुको दैनिक जीवनमा जोडिएका कुराहरुमा सहजता निर्माण, नागरिकको पहुँच सरकार, विकासमा कसरी पुग्छ, सुशासनका सवालमा सरकार अग्रसर भइरहेको छ,ु खड्काले भने, ‘नागरिक सुशासनलाई केन्द्रमा राखेर एउटा प्याकेजमै कार्यक्रम ल्याउँदै छ ।’
साथै खड्काले कर्णाली निर्माण र समृद्धिका लागि राष्ट्रिय नेताहरुको समेत ध्यान केन्द्रित गराइएको बताए । एकताको भावबाट देश विकास र समृद्धि सम्भव रहेको उनले बताउनुभयो । उहाले रुस र युक्रेनबीचको युद्धका कारण अर्थतन्त्रमा असर परेको बताउनुभयो ।
त्यसका बाबजुद पनि सरकार देशको विकास र समृद्धिका लागि अग्रसर भइरहेको उहाले बताउनुभयो ।
यसैबिच, उपप्रधान तथा रक्षामन्त्री खड्काले नेपालगन्जमा रहेको नेपाल प्रहरी विशेष सुरक्षा गण स्थानान्तरण क्षेत्रको अनुगमन गर्नुभएको छ ।
उपप्रधानमन्त्री खड्का, कर्णालीका कानुन मन्त्री कृष्णबहादुर जिसी, अर्थमन्त्री बेदराज सिंह र जलस्रोत तथा ऊर्जा मन्त्री उर्मिला विश्वकर्माले उक्त क्षेत्रको अनुगमन गर्नुभएको हो ।
गणलाई पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ गुमीमा स्थानान्तरण लागि प्रक्रिया अगाडि बढिसकेको छ । चार बिगाहा जमिनमा रहने गरी जग्गाको व्यवस्थापन गरिएको छ। कानुन मन्त्री जिसीका अनुसार गणका लागि प्रदेश सरकारबाट १ करोड ९१ लाखको बजेट अख्तियारी भएको छ ।
सरकारले सु–शासनमैत्री कार्यक्रम ल्याउँदै छः उपप्रधानमन्त्री खड्का
सरकारले सु–शासनमैत्री कार्यक्रम ल्याउँदै छः उपप्रधानमन्त्री खड्का
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
