सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको प्रमुख समस्या गरिबी रहेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले कर्णालीको गरिबी हटाउनु अहिलेको ठूलो चुनौती रहेको बताउनुभएको हो ।
कर्णालीको गरिबीलाई हटाउने योजना बनाइएको भन्दै उहाले प्रत्येक वर्ष विपन्न गरिब, गरिब घर परिवारका १० हजार युवालाई रोजगार बनाउने योजना रहेको बताउनुभयो । कर्णाली प्रदेशमा धेरै चुनौती रहेको भए पनि त्यो चुनौतीका माझ पनि सरकारले काम गर्ने उहाले बताउनुभयो ।
राजनीतिक अस्थिरताका कारणले भने सरकारमा बसेर काम गर्न केही समस्या भएको उहाले बताउनुभयो । आफूले तीन पटकसम्म विश्वासको मत लिएको प्रसङ्गलाई जोड्दै नेपालको अस्थिर राजनीतिका कारण पनि सरकारमा रहेर प्रभावकारी काम गर्न नसकेको उहाले स्वीकार गर्नुभयो ।
कर्णालीको प्रमुख समस्या गरिबी भएको मुख्यमन्त्री शर्माको भनाई
कर्णालीको प्रमुख समस्या गरिबी भएको मुख्यमन्त्री शर्माको भनाई
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
