सुर्खेत । सुर्खेत अपाङ्ग समाजले अपाङ्गता भएका व्यक्तीहरुको अधिकारका सन्दर्भमा सरकार गम्भिर नभएको भन्दै आपत्ती जनाएको छ ।
आफुहरुको अधिकारका लागि यसअघि ६ बुँदे माग राखिएको भएपनि त्यस सम्बन्धमा हालसम्म कुनै जानकारी नभएको भन्दै माग सम्बोधन गर्न अनुरोध गरेको छ ।
समाजले आज एक विज्ञप्ती जारी गर्दै आफुहरुले यसअघि नै उठाएका मागहरु सम्बोधन गर्न आग्रह गर्दै यदी माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
सुर्खेत अपाङ्ग समाजका अध्यक्ष मया प्रसाद जैसीका अनुसार २०६७ देखि ने.रा.मा.वि.वीरेन्द्रनगर नगरपालिका ५ चिसापानी दृष्टिविहिन राहत कोटामा नियुक्ति भएको र हाल उक्त कोटा खाली भएकाले पुन दृष्टि विहिन व्यक्तिको लागी राहत शिक्षक कोटा तत्काल विज्ञापन गर्नुपर्ने माग गरिएको छ ।
त्यसैगरी, नेपाल सरकारले सृजना गरेको राहत शिक्षक कोटा मध्ये यस जिल्ला मा प्राप्त भएका राहत शिक्षक अपाङ्गता राहत शिक्षक कोटा कुन कुन प्रकृतिको अपाङ्गता भएका व्यक्तिहरु नियुक्ती भई काम गरि रहेका छन्, त्यसको जानकारी गाराउनुपर्ने, स्वास्थ्य विमा गरेका अपाङ्गता भएका व्यक्तिहरुको कर्णाली प्रदेश अस्पतालमा स्वास्थ्य परिक्षण गराउदा डा. मेडिकल अधिकृतको सल्लाह बमोजिम विरामी पुर्जा कार्डमा लेखिएको औषधि दिने फारमेसि औषधि उपलब्ध गराई दिनुपर्ने, विपन्न नागरिक पहिचान कार्यविधिमा व्यवस्था गरेको अनुसार विपन्न अपाङ्गता भएका व्यक्तिहरुलाई तत्काल विपन्न परिचय पत्र उपलब्ध गराइनुपर्ने लगायतका मागहरु राखिएको उहाले जानकारी दिनुभयो ।
यी मागका सम्बन्धमा सम्बन्धित नीकाय कुनै जवाफ नदिएको भन्दै आफुहरुका मागको सम्बोधन नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने जैसीको भनाई छ ।
सुर्खेत अपाङ्ग समाजले जिल्ला प्रशासन कार्यालय, सुर्खेतसहित विभिन्न मन्त्रालयहरुलाई आफ्ना माग सम्बोधन गरिदिन माग गरेको छ ।
माग सम्बोधन गर्न अपाङ्गता भएका व्यक्तीहरुको आग्रह
माग सम्बोधन गर्न अपाङ्गता भएका व्यक्तीहरुको आग्रह
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
