सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा तिनजनाको प्रतिस्पर्धा हुने भएको छ ।
अध्यक्ष पदमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजंग शाह र कालिकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको हो । यसअघि अध्यक्ष पदका लागि ५ जनाको उमेद्वारी दर्ता भएकोमा दुइजनाले उमेद्वारी फिर्ता लिएपछि अब ३ जनाबिचमा प्रतिस्पर्धा हुने भएको हो ।
कर्णाली प्रदेशसभा पूर्व सभामुख राजबहादुर शाही र कालिकोटका प्रेमबहादुर सिंहले उमेद्वारी फिर्ता लिनुभएको हो । उहाहरुले उमेद्वारी फिर्ता लिएसँगै अब तिनजनाबिचमा प्रतिस्पर्धा हुने नेकपा एमालेले जनाएको छ ।
यस्तै सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुबकुमार शाहीबीच प्रतिस्पर्धा हुनेछ । यसअघि सचिवमा उमेद्वारी दिएका सुर्खेतका डण्डीप्रसाद शर्माले सचिवमा रुद्रबहादुर शाहीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुभएको थियो ।
प्रदेशको नेतृत्व सहमतीमा टुङ्गाउने प्रयास गरेको एमालले अन्ततः निर्वाचन प्रक्रियाबाटै नेतृत्वको टुङ्गो लगाउनेभ भएको हो ।
प्रदेश अधिवेशनको उद्धाटन गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सहमतीको आधारमा नेतृत्व छान्न निर्देशन दिनुभएको थियो । तर नेताहरुबिचमा कुरा नमिल्दा निर्वाचनबाटै नेतृत्व चय गर्नुपरेको नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष बिनोद शाहले जानकारी दिनुभयो ।
मतदान अहिले शुरु गर्न लागिएको जनाइएको छ । एमालेले प्रथम अधिवेशनबाट ५ पदाधीकारीसहित १३५ सदस्य चयन गर्ने छ ।
एमाले कर्णाली प्रदेशको नेतृत्व चुनावबाटै छानिदैँ, अध्यक्षको लागि तिनजना प्रतिस्पर्धामा
एमाले कर्णाली प्रदेशको नेतृत्व चुनावबाटै छानिदैँ, अध्यक्षको लागि तिनजना प्रतिस्पर्धामा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
