सुर्खेत । वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । फोरलेन सडक खण्डको यरिचोक–मुलपानी खण्डको गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट आज बालकको मृत्यु भएको हो ।
दैलेख आठविस नगरपालिकाको खिड्कीज्यूला स्थायी घर भएका पाँच वर्षीय टुकदर्शन गिरीको मोटरसाइकलले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते गिरीको उपचारको क्रममा कर्णाली कियर अस्पतालमा मृत्यु भएको प्रहरीको भनाई छ ।
दुर्घटना लगत्तै मोटरसाईकल चालक फरार छन् । आफन्तले ठक्कर दिने मोटरसाइकल खोजेर चाकललाई पक्राउ गर्नुपर्ने माग राख्दै रत्न राजमार्ग अन्तरगत जुम्लारोड सडक अवरुद्ध गरिरहेका छन् । यस्तै आफन्तका आन्दोलनकारी र बसपार्क कर्मचारी विच झडप भएको छ । आन्दोलन गर्दै उनिहरु बसपार्क भित्र छिरेपछी दुबै पक्ष बिच कुटाकुट भएको थियो ।
यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालबाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ बर्षीय बालक शंकास्पद अवस्थामा मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत भेटिएका बालक दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–१ का ८ बर्षीय सलाम पुलामी मगर हुनुहुन्छ ।
उहा उषा बालबाटिकामा कक्षा २ मा अध्ययनरत हुनुहुन्थ्यो । आक्रोशित भीडले घटनाको छानबिन गर्नुपर्ने भन्दै तोडफोडमा नै उत्रिएको छ ।
भीडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको छ । प्रहरीले संचालक समितिलाई नियन्त्रणमा लिएको छ ।
सुर्खेत वीरेन्द्रनगरमा तनाव, ठाँउ ठाँउमा झडप र आन्दोलन
सुर्खेत वीरेन्द्रनगरमा तनाव, ठाँउ ठाँउमा झडप र आन्दोलन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
